spot_img

राप्रपा नेपालले संसद बैठक अवरुद्ध गर्ने

काठमाडौं, भदौ १६ । राप्रपा नेपालले बुधबार बस्ने व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने भएको छ ।

राप्रपा नेपालले संसदको मंगलबारको बैठकमा चिकित्सा क्षेत्रमा हुने गरेको भ्रष्टाचार, अनियमितताका विषयमा बाहिर आएको समाचारप्रति छलफल गर्न बैठकको कार्यक्रम स्थगन गरियोस् भन्ने प्रस्ताव पेश गरेको थियो । यसबारेमा छलफल भएपनि सदन रोकेरै अघि बढ्नुपर्ने प्रस्ताव भने अस्वीकृत भएको थियो ।

राप्रपा नेपालले ‘संसदमा प्रवेश पाइसकेको भ्रष्टाचार जस्तो गम्भीर विषय छलफल नगरी अस्वीकृत गरिनु लाजमार्दो’ भएको भन्दै बुधबारको बैठक अवरुद्ध गर्ने जनाएको छ ।

spot_img

भर्खरै