spot_img

रक्तचाप कम गर्न दिउँसो सुतौं !

काठमाडौं भदौ १४ । दिउँसो सुत्नेहरुका लागि खुसीको खबर ! दिउँसो सुत्नेहरुले आनन्दको महसुस मात्र गर्दैनन्, स्वास्थ्यको हिसाबले पनि फाइदाजनक भएको एक अध्ययनले देखाएको छ ।

दिउँसो सुत्नेहरुले रक्तचाप र भविष्यमा हुन सक्ने ह्रदयघातबाट समेत बच्न सक्छन् । ४०० सय व्यक्तिहरुमा गरिएको उक्त शोधमा उनीहरुको औसत आयु ६१ वर्ष थियो ।

फोटोः एजेन्सी ।

उक्त शोध बेलायतको लन्डनमा हरेक वर्ष हुने गरेको युरोपियन सोसाइटी अफ कार्डियोजी सम्मेलनमा प्रस्तुत गरिएको थियो ।

शोधमा उच्च रक्तचाप भएका व्यक्तिहरुलाई सामेल गरिएको थियो । शोधका क्रममा जो व्यक्तिहरु दिउँसोको समयमा सुत्ने गर्थे, उनीहरुको रक्तचापमा पाँच प्रतिशत कमी पाइयो ।
शोधका अनुसार जो व्यक्तिहरु दिउँसो कम्तिमा एक घन्टा सुत्ने गर्थे, उनीहरुको रक्तचाप राम्रो भएको पाइएको थियो ।

साथै शोधका क्रममा उच्च रक्तचाप भएका व्यक्तिहरुले दिनमा चारभन्दा बढीपटक कफी सेवन गरेको खन्डमा उनीहरुमा ह्रदयघातको जोखिम बढ्ने गरेको पनि देखियो । (एजेन्सी)

spot_img

भर्खरै