spot_img

आइतबार बिहानै दुई पराकम्पन

काठमाडौं, भदौ १३ । तीन दिनपछि आइतबार बिहान भूकम्पको दुइओटा पराकम्पन मापन भएको छ ।

आइतबार बिहानै ३ बजेर ९ मिनेटमा धादिङ केन्द्रबिन्दू भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको थियो ।

यस्तै, आइतबारै बिहान ८ बजेर २६ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म ३८७ वटा ४ रेक्टर स्केलमाथिका पराकम्पन मापन भइसकेको छ ।

spot_img

भर्खरै