spot_img

समानुपातिक र समावेशीको संकल्प पार्टीले पुरा गर्नै पर्छ ।

इन्दिरा सान्जेल –

आज हामी नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने संविधान निर्माण गर्ने संविधान सभाको चुनाव गर्न गईरहेका छौं । राष्ट्रिय राजनीतिमा नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा राज्य सत्ता नेपाली श्रमजिवी गरिव किसानको पहुँचमा पुयाउन एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीले राजनीतिको नेतृत्व गयो त्यो घाम जत्तिकै छर्लङ्ग छ । सत्यलाई संसारको कुनै पनि षडयन्त्रका पर्दाले छेक्न नसकिने कुरा सत्य हो । आज जतिपनि नयाँ नेपाल निर्माण गर्ने एजेण्डा छन् रोड्म्याप छ त्यो एमाओवादीको आफ्नै एजेण्डा हुन् । आज देश हाम्रौ एजेण्डामा गोलबन्द बनीरहेको छ । यस्तो अवस्थामा एमाओवादीहरु देशको वस्तुगत तथा आत्मगत अवस्थाको सही माक्र्सवादी दृष्टिकोण अपनाउनु जरुरी छ । निरपेक्ष रुपमा समय, सन्दर्भ र देशको अवस्था र पार्टीको अवस्थालाई विश्लेषण नगरेर हामी सबै चिजलाई सापक्षतामा अध्ययन गरेर अगाडि बढ्न जरुरी छ । वस्तु घटना परिस्थिति र निम्त्याउने परिणामलाई हामी सापेक्षतामा अध्यनयन गर्न जरुरी छ । क्रान्तिको सापेक्षमा अध्ययन गर्दा हामीले नयाँ नेपाल बनाउने संकल्प र रोड्म्यापको योजना बनायौं । सदियौं लामो राजतन्त्र मिल्कायौं । देशलाई संघिय गणतन्त्रमा लाने प्रतिबघता घोषणा ग¥यौ । देशलाई धर्म निरपेक्षता बनायौं । समानुपातिक र समोवशीका कुरा ग¥यौं । अब यी चिजलाई प्रयोग गर्ने अवस्थामा आइपुगेका छौं । हामी त्यो संकल्पलाई पुरा गर्न यी एजेण्डाहरुलाई मूर्तरुप दिन घोषण पत्र र कागजी अध्ययनको विषयमात्र नबनाएर हामी सही वस्तुगत तथा आत्मगतरुपमा व्यवहारवादी हुन अत्यन्तै जरुरी छ । सैद्धान्तिक रुपमा र निरपेक्षरुपमा हामीले समानुपातिक र समावेशीका कुरा मात्र नगरेर हामी सबभन्दाबढी माक्र्सवादी र व्यवहारवादी हुन अत्यन्त जरुरी छ । गरीव, दलित, महिला, पिछडावर्ग जनजाति, मुस्लिम, मधेसी र कर्णालीजस्ता विषयहरुका हक अधिकारका लागि बढी भन्दा बढी आँखा खोलिदिने र बोलीदिने काम एमाओवादले ग¥यो । आज गरीव, दलित, महिला, पिछडावर्ग जनजाति, मुस्लिम, मधेसी र कर्णाली आ¥नो अधिकार प्राप्त गर्न जुरुक्क उठेको छ । आँखा खोलेको छ । आ¥नो अधिकारको लागि संघर्षमा जुटिरहेको छ । यस्तो अवस्थामा पार्टीले सबभन्दा बढी बुझ्न जरुरी छ । आज हाम्रो पार्टी तिर पनि राम्रैसंग औला उठीरहका छन् । यी औला उठ्याईलाइृ चुनौतिका साथ जवाफ दिन जरुरी छ । एमाओवादी जे बोल्छ त्यो गरेरै देखाउँछ । सबभन्दा माक्र्सवादी र सबभन्दा व्यवहारवादी र पारदर्शी छ भनेर आज जनतामा स्थापित गर्न जरुरी छ । यदि हामी साँच्चै व्यवहारवादी र सत्यताको धरातालमा टेकेर अगाडि बढ्न चाहान्छौं भने गरीव, दलित, महिला, पिछडावर्ग जनजाति, मुस्लिम, मधेसी र कर्णालीलाई अधिकार सम्पन्न बनाउन वास्तवमा चाहेका हौं भने उनीहरुका प्रतिनिधिलाई संविधानसभामा स्थापित गराउन जरुरी छ । एक गरीव दलितको व्याथा गैर दलितलाई थाहा हुन सक्दैन । सदियौं तिरस्कार समुदायको दुःखको भावना उसले बुझ्न सक्छ, जस्ले दुःख पिडा, अत्यचार र अपमानको पहाड आफ्नो छातिमा समाउन सक्छ । अपमान घृणा र जनवारभन्दा तल्लो दर्जाको अपमान सहेर मानवको वस्तिमा पशुसरह जीवन वाध्य बनाउने पिडा उसैले बुझ्न सक्छ । समाजमा तिरस्कृत महिला वर्गका अपमानका श्रृङखला जसले भोगेका हुन् उसैले बुझ्न सक्छ । सबै जनजाति मधेसी तथा कर्णलीको विषयमा ति वास्तविक पात्रलेमात्र आफ्नो प्रतिनिधित्व गर्न सक्छन् र गर्नु पनि पर्छ । जसले वास्तविक पिडा बोध गरेको हुन्छ । आज कर्णालीका अभावलाई भट्याएर गरीविको भजन गाएर सबभन्दा बढी जनप्रिय हुन चाहने र राजधानीमा एनजिओ खोलेर डलरको खेती गर्ने, महल खडा गर्ने, आफ्नो भुँडी भर्ने र त्यही अभावको खेती गरेर डलरको फसल डालाभरीगर्ने पार्टीहरु प्रसस्त छन् । तिनीहरुको विरुद्ध सही प्रतिनिधित्व छनौट गरी संविधान सभामा पु¥याई जनताको संविधान बनाउन जरुरी छ । यही नै जन चाहना पनि हो ।

spot_img

भर्खरै