मिनप्रसाद न्यौपाने । लिपुलेक , लिम्पियाधुरा, र कालापानी क्षेत्रका सम्बन्धमा नेपाल र भारतका विचमा अहिले चलिरहेकाे विवादले उचाई हासिल गरिरहेकाे छ । कसले के भन्याे, कसले कति खुलेर विराेध गर्न सक्याे, कसले कस्ताे भाषा प्रयाेग गर्याे भन्ने आधारमा नेपालीहरु हाइ हाइ र वाह वाहमा उत्रिएका छन् । जनस्तरबाट गर्न सक्ने पनि त्यही हाेला । केही भारतीय मिडियाहरुले नेपाल ले चिनकाे उक्साहटमा भारतकाे विराेध गर्नकै लागि याे विषय उठान गरेकाे सम्म भनेका छन् । काेहीले त चिनले नेपाल सरकारलाई पैसा दिएर चिन विरुध्द उतारेकाे छ समेत भन्न भ्याएका छन् । अहिले नेपाल भारत का विच मेडिया वार नै चलेकाे छ ।
याे अवस्थामा हाम्राे देस बढि सचेत रहन जरुरी छ । नेपालले पेस गरेका ऐतिहासिक प्रमाणहरु जस्तै तिराे, जनगणना, मतदाता नामावली जस्ता कुरा भारतले आफुसंग पनि छन् त्यस्ता प्रमाणहरु भनेकाे छ । त्यहाँका जनताकाे भावना पनि लामाे समयकाे राज्यविहिनताले दुखेरै हाेला भारतीय रासन कार्ड, आधार कार्डहरु लिएर बसेका छन् । नजिकै सडक बन्याे जसले गर्याे ठिकै गर्याे भने जस्ताे मानेका भन्ने पनि देखियाे । याे अवस्था सृजना हाम्राे देसकाे लापरवाहीका कारण भएकाे हाे ।
यदि हामीले वर्ग विहिन र राज्य विहिन समाज निर्माण गर्ने हाे भने अलग कूरा हाे हाेइन भने आफ्ना सिमाकाे रक्षा, जनताकाे सुरक्षा, लालन पालन, शिक्षा , उनिहरुलाई काम र माम काे प्रबन्ध गर्न नसक्दा उनिहरुमा राज्य विहिनताकाे महसुष हुँदाे रहेछ । अब वुझ्नु पर्ने कूरा याे छ की सिमा, सार्वभौमिकता, राष्ट्रियता काे रक्षा गर्नेहाे भने त्यस भित्रका मानिसहरुलाई राज्यले गर्ने व्यवहार र दिने सुविधा, महत्व, शिक्षा जस्ता कुरामा विलकुल ध्यान दिनु पर्ने रहेछ ।
राज्य सत्ताकाे वागडाेर सम्हाल्नेहरु देसकाे सिमा, नागरिक अधिकार, जनताकाे गास,वास,कपास, शिक्षा, स्वास्थ्य, राेजगारी जस्ता विषयहरुमा भन्दा आफ्नाे सत्ताकाे कुर्चीमा माेहित हुँदा उनिहरुबाट भएकाे गम्भिर त्रुटिले आज नेपाली स्वाभिमान माथि नै धक्का लागेकाे छ । विदेसीहरुले तिम्राे सरकार भ्रष्ट छ, चिनले तिम्राे सरकारलाई उक्सायकाे छ, तिम्राे प्रधामन्त्रीकाे बाेल्ने भाषा त्यही हाे भनेर य्राख य्राख पार्दा सबैकाे मन दुखेकाे छ ।
हाम्राे परिस्थिति इतिहासकाे जस्ताे छैन । पुर्खाले कमाएकाे वहादुरी, पृथ्वीनारायण साहकाे दुरदर्सिता, अमर सिंह, वलभद्र, भक्ति थापा का साहषिक इतिहास बाेकेका सन्तान हामी अहिले उनिहरुका उत्तरािकारी भन्न लायक रहेनाै । तथापी पनि अहिले हामी जे जस्ताे स्थिति र सामर्थ्यमा छाैँ त्यसैअनुसारकाे सुझबुझ पुर्याएर कार्यसम्पादन गर्न जरुरी छ । हाम्राे कुटनीति सफल भएन र गल्ति भयाे भने हामीले निकै अप्ठेराे स्थिति झेल्नु पर्ने हुन सक्छ । भन्न त मानिसहरु भन्छन् जे हाेला हाेला वारपार गराैँ । तर त्याे त्यति सहज र हाम्रा लागि लाभदायक छैन । हामी प्रतिपक्ष मा हुँदा जनतालाई देखाउन निकै राष्ट्रवादी देखिने र सत्तामा छँदा काम पटक्कै नगर्ने गर्छाैँ । त्याे खालकाे चरित्र बाट माथि उठी अहिलेकाे समस्या पार लगाउने गरि राष्ट्रिएकता कायम गर्न जरुरी छ । हाम्रा कुनै पनि राजनीतिक दलहरु याे विषयमा भारतका लागि लचक हुने र भाेलीकाे विकल्पका रुपमा देखिनु हुँदैन । हाम्राे अर्जुन दृष्टी केवल कुटनीतिक रुपमा घनिभुत छलफल मार्फत, सम्बन्ध नविगारिकन हाम्राे भुमि फिर्ता गर्ने हुनुपर्छ ।
हामी अहिले इतिहासकै गम्भिर र अप्ठेराे परिस्थिति मा छाैँ । काेराेनाले महामारीकाे रुप लिन थालेकाे छ । हाम्राे अर्थतन्त्र पुरै वैदेशिक विप्रेशण, आयात, अनुदान, ऋण जस्ता कूरामा निर्भर गर्छ । जस मध्ये करिब ८०% आयात भारत संग हुन्छ । यसै समयमा भारत संगकाे सम्बन्ध विग्रदा हामीलाई खाद्धान्न, अैाषधी, इन्धन जस्ता विषयले धेरै नै अप्ठेराे पर्न सक्छ । भारतले हामीले संविधान घाेषणा गर्दा त अघाेषित नाकावन्दी लगाएकाे थियाे भने सिमा सम्बन्धी यत्राे विषयले उसले कति सम्म गर्छ हेक्का हामी सबैमा हुन जरुरी छ । हामीले बरु भविष्यमा जुनसुकै वखत भारतले गडवडी गर्न सक्छ है भनेर आत्मनिर्भरताकाे बाटाे तय गर्दै तयारीमा लाग्नु पर्छ ।
त्यसैले अब सुझवुझका साथ परिपक्व कुटनीति मार्फत हाम्राे भुमि फिर्ता गर्न सिंगाे राष्ट्र एकजुट भएर लाग्नु पर्छ । सिमा विदहरु, इतिहासका अध्यताहरु, नापी सम्बन्धी विज्ञहरु, अन्तराष्ट्रीय सम्बन्ध का जानकारहरु लगायतकाे सहभागितामा घनिभुत छलफलबाट एउटा राष्ट्रिय डकुमेन्ट तयार गरि भारत संग वार्तामा बस्न तयारीमा जुट्नु पर्छ । समस्याकाे समाधान वार्ता हाे । याे बुझाै हामीले जित्ने वार्ताबाटै हाे ।