spot_img

गति लिँदै कुलेखानी तेस्रो

काठमाडौं, कात्तिक ७-एघार बर्षदेखि निर्माणधीन अवस्थामै रुमल्लिएको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको कामले गति लिन थालेको समाचार आजको कान्तिपुरमा छापिएको छ । पुससम्ममा निर्माण सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिएको आयोजना प्रमुख सुबास मिश्रले बताए ।

इलेक्ट्रो मेकानिकल कामको जिम्मा पाएको चिनीयाँ ठेकेदार कम्पनी जियालिङको ढिलासुस्तीका कारण पछिल्लो समय आयोजनाको काम अघि बढेको थिएन । नोपल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १४ मेगावाटको यो आयोजनाको काम पुससम्म जसरी पनि सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको बताए ।

spot_img

भर्खरै