काठमाडौं, जेठ ३१–प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच वाणिज्य र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले छलफलको अजेन्डा तयार पारेको छ । बेल्ट एन्ड रोड ईनिसिएटिभ बिआरआई का लागि पुर्वाधार निर्माण, दुवै देशको कारोवार बैंकिङ प्रणालीतर्फ गर्ने लगायत अजेन्डामा पनि छलफल हुनेछ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रविशंकर सैजुंका अुनसार उद्योग वाणिज्यसँग सम्बन्धित प्रमुख अजेन्डा परराष्ट्र मन्त्रालयमा पठाइएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।


