spot_img

नाबालकले धमाधम चोरीका घटना बढाएपछि….

पर्वत, चैत ९–जलजला गाउँपालिका वडा नम्बर ३ वारीबेनीका विभिन्न पसलमा ७ माघमा चोरी भयो । एक लाख २० हजार नगदसहित सामसुङ मोबाइल चोरी भयो । लामो समय त्यो चोरीको घटना पत्ता लागेन । घटनाको एक महिना बित्न नपाउदै मोदी गाउँपालिका वडा नम्बर ४ का २२ बर्षिय हिरा पुनले प्रभु बैंकबाट ९० हजार निकालेर ग१ज ६६१५ नमबरको जीपमा राखे ।
केही सयममै त्यो रकम जीपबाटै हरायो । यी दुई चोरीसँगै पर्वत, बागलुङ र म्याग्दीमा भएका विभिन्न घटनामा संलग्न रहेको पाइएपछि यहाँका एक नाबालक पक्राउ परेका छन् । ७ माघको घटना पत्ता नलागेपनि ६ चैतको घटनामा पुनले प्रभु बैंकबाट रकम निकालेको ती नाबालकले देखेका थिए । पैसा निकालेपछि उनले पुनको पिछा गर्दै गए । जीपमा पैसा थन्क्याएर पुन हिडेपछि ति नाबालकले त्यो पैसा निकालेर भाग्दै गर्दा उनी पक्राउ गरे ।
पक्राउसँगै ७ माघमा समेत वारीबेनीमा भएका चोरीका घटनामा उनै नाबालकको संलग्नता भएको पाइएको हो । प्रहरीबाट नाम गोप्य राखिएका ती नाबालकलाई आगामी दिनमा यस्ता घटनामा संलग्न हुन नदिन र उनलाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको छ ।
अपराधमा संलग्न भएपनि उनी नाबालक भएकोले सम्झाई–बुझाई अभिभावकको जिम्मा लगाइएको प्रहरी निरिक्षक दिपक थापाले बताए । ‘नाबालक भएकाले कारबाही गर्न सकेनौ, उनलाई सम्झाईबुझाइ अभिभावकको जिम्मा लगाइएको छ’ थापाले भने ।

spot_img

भर्खरै