काठमाडौं, जेठ ११ – प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीइ चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार बसेको एमाले स्थायी समिति बैठकले स्थानीय तह संख्या बृद्धि र सीमा हेरफेरका कारण जेठ गते हुने चुनावलाई अन्योल बढाएको निष्कर्ष निकालेको हो ।
यस्तो बेला प्रधानमन्त्री दाहालको राजीनामाले थप अन्योल बढेको बैठकको निचोड छ, आजको नागरिक दैनिकमा यो खबर छ ।