पर्वत, जेठ १३–नेपाली काँग्रेस कास्कीमा राष्ट्रिय जागरण अभियानले कार्यकर्तामा उत्साह भरेको छ । अन्य केही जिल्लामा केन्द्रले तोकेका प्रतिनिधि नगएको गुनासो आइरहदा काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले भने आफु खटिएको कास्की जिल्लामा निरन्तर रुपमा अभियानलाई प्रभावकारी बनाउदै लगेका छन् । जोशीको कार्यकर्तालाई आकर्षित गर्ने क्षमता र कुशलताले कास्की काँग्रेसमा जागरण अभियानले धेरै सुधार ल्याएको त्यहाँका नेता कार्यकर्ताले टिप्पणी गर्न थालेका छन् । नेपाली काँग्रेसका गण्डकी प्रदेशका प्रभावशाली नेता समेत रहेका जोशी बैशाख २५ गतेदेखि एक महिने जागरण अभियानअन्र्तगत निरन्तर रुपमा कास्कीमा सक्रिय भएका छन् । जोशीको कार्यकर्ताका गुनासालाई मत्थर पार्ने क्षमता, निराश भएका कार्यकर्तालाई उत्साह दिने उर्जाले कास्की काँग्रेसका नेता कार्यकर्तामा मनोबल उच्च बन्दै गएको छ । जोशीले विगतमा पार्टीबाट भएका गल्ती कमिकमजोरीको आत्मास्वीकारोक्ति गर्दै कार्यकर्ताको भावना बुझ्ने, निर्वाचन हारेपछि देखिएको निराशा हटाउनका लागि राष्ट्रिय जागरण अभियानले सकारात्मक प्रभाव परेको बताए । उनले फुर्सदको समयमा घरदैलो गर्दै बर्तमान सरकारको हस्तक्षेप, स्वतन्त्र निकायलाई नियन्त्रण, भ्रष्टाचार, जनतालाई छरेका भ्रमका बिषयमा समेत जानकारी गराउने गरेका छन् ।
यसैबिच सोमबार नेपाली काँग्रेस कास्कीले माछापुच्छे गाउँपालिका वडा नम्बर ४ मा कार्यक्रम गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले सरकारले क्रमिक रुपमा एकपछि अर्को निकायलाई नियन्त्रणमा लिने र अन्ततः कुनैपनि नागरिकलाई बोल्नै नपाउने वातावरण बनाउन उद्यत भएको बताए । नेता जोशीले सरकारले प्रेसलाई नियन्त्रण गरेपछि सबै नियन्त्रित हुने ठानेर नै अहिले मिडिया काउन्सिल बिधेयक ल्याएको दाबी गर्दै गलत गर्दै जाने हो भने केपी ओली नेतृत्वको सरकारका बिरुद्धमा नागरिक नै उठ्ने चेतावनी दिए ।
सरकारले गरेका भ्रष्टाचारको ढाकछोप गर्न, जनतालाई निरन्तर पारेको भ्रम लुकाउन पहिलो चुनौति मिडियालाई देखेर नै सरकारले मिडियामाथि आक्रमणको योजना बनाएको जोशीले बताए । उनले दुई बर्षको अवधिमा सरकारले कुनै काम नगरेको, मुलुकमा भ्रष्टाचार, अनियमितता र बेथिति बढाएको दाबी गरेका थिए । नेपाली काँग्रेस माछापुच्छे« गाउँपालिका वडा नम्बर ४ का सभापति मधुसुदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, क्षेत्रीय सभापति पोषनाथ शर्मा, पूर्वसांसद शारदा पौडेल, महासमिति सदस्य हरिमाया गुरुङ, माछापुच्छे« गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार टेकनशोभा गुरुङ, माछापुच्छे« गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरेन्द्र गुरुङलगायतले बोलेका थिए ।



