पर्वत, साउन २५–भारतीय नागरिक बिपिन बिहारी शुक्ला नेपालबाट घर फर्कदै गर्दा जलजला–३ का नविन जिसीका आँखा रसाए । २०३९ सालदेखि बिद्याज्योति माविमा पढाउदै आएका शुक्ला निबृत्त भएर घर फर्कन लागेपछि उनले पढाउँदाको मेहनत सम्झेर जिसीले आफु भावब्यवहल भएको बताए ।
‘घर जाडेर आएर सिंगो मल्लाजबासीलाई उज्यालो देखाउनका लागि यति धेरै बर्ष बिताउनुभयो’ उनले भने–‘अभिभावकजस्तो भएर बसेको ब्यक्तिलाई गाउँबाटै बिदाई गर्दा नरमाइलो लाग्ने रहेछ ।’ जिसीले बिद्यार्थीकालमा धेरै शिक्षक ब्यवहोरेपनि शुक्लाजस्तो नभेटेको बताए । ‘यति इमान्दार भएर पढाउनुहुन्थ्यो, पढाएको कुरा बिद्यार्थीलाई बुझाएरै छाड्नुहुन्थ्यो’ जिसीले भने ।
त्यस्तै स्थानीय गोकर्ण आचार्यले शिक्षकहरु धेरै हुन्छन् तर शुक्लाजस्तो शिक्षकलाई पाउन मुस्किल पर्ने बताए । ‘यस्तो कुशल गुरु पाउन मुस्किल पर्छ’ उनले भने । आचार्यले बिपिन सरको पढाउने शैली र ब्यवहार कहिल्यै भुल्न नसकिने रहेको बताए । ‘उहाँको पढाउने शैली असाध्यै राम्रो थियो, सायद त्यसैले होला आज उहाँको बिदाईमा नरमाइलो भएको छ’ आचार्यले भने ।
स्थानीय शारदा क्षेत्री अगाडी थप्छिन्–‘सबै गुरुहरु बिद्यार्थीको मनमस्तिक्समा अट्न सक्दैनन्, तर इमान्दारिपूर्वक उहाँले दिनुभएको ज्ञानले सधै मेरो सम्झनामा रहिरहनुहुनेछ ।’
बिपिनका पूर्वबिद्यार्थीहरु नविन, गोकर्ण र शारदा मात्रै होइन्, जलजला गाउँपालिकाको मल्लाजका अधिकांश बासिन्दाको बिदाईमा आखा रसाए । ‘अध्यापन गराउन थालेको झण्डै चार दशक भयो, यति इमान्दार र मेहनती शिक्षक अहिलेसम्म भेटेकै छैन’ बिद्याज्योति माविका प्रधानाध्यापक मुरारी शर्माले भने–‘उहाँबाट सिक्नेकुरा धेरै छन् ।’
बिद्याज्योतिमा ०३९ बैशाख १९ गतेदेखि पढाउन सुरु गरेका शुक्लाले एउटै बिद्यालयमा बसेर ३५ बर्ष तीन महिना एक दिन पढाएर निबृत्त भएका हुन । उमेर हदका कारण निबृत्त भएको प्रधानाध्यापक शर्माले बताए । भारतको उत्तरप्रदेशस्थित कुशीनगरका स्थायी बासिन्दा शुक्लालाई साथीले नेपालको नयाँ बर्षमा घुमाउन ल्याएका थिए ।
त्यतिबेला साथीकै सल्लाहमा घुम्न आएको बेला बिद्याज्योति उच्चमाविमा पढाउन थालेको शुक्लाले सुनाए । ‘मेरो साथी ठाकुर जमुना सिंहले पर्वतको फलेबासमा पढाउनुहुन्थ्यो, उहाँसँग म घुम्न आएको थियो’ उनले भने–‘पढाउने अफर आएपछि यतै बसेको हु ।’ बिद्यालयले आयोजना गरेको बिदाईमा मन भारी बनाएका शुक्लाले आफुले पढाएका बिद्यार्थी नेपालको प्रमुख पदमा पुगेकोमा भने खुशी जनाए ।
‘मैले पढाएका बिद्यार्थीहरु विभिन्न मन्त्रालयका उच्च पदमा रहेको थाहा पाउदा साढे तीन दशक बसेको ठाउँ छाड्न लाग्दा पनि खुशी छु’ उनले भने । जलजला गाउँपालिकाका अधिकांश जनप्रतिनिधिलाई पनि आफुले पढाएको उनले बताए । ०३९ सालको प्रारम्भमा पढाउन थाल्दा बिद्यालयमा भौतिक संरचनाको निकै अभाव भएको स्मरण गर्दै उनी भन्छन्–‘मैले यति कठिनाईपूर्वक बिद्यार्थीलाई पढाएको छु की अहिले सम्झदा गर्भ लाग्छ ।’
२०४९ सालमा तत्कालिन सरकारले एकबर्ष अवधि पढाएका भारतीय नागरिकलाई पनि स्थायी गर्ने निर्णय गरेको थियो । त्यही मौकामा बिदेशी भएपनि उनी शिक्षकमा स्थायी भएका थिए ।