विभिन्न बहानामा संघीयताले स्थानीय तहलाई दिएका अधिकारहरु खोस्ने दुष्प्रयत्न भइरहेका छन् । गाउँगाउँमा सिंहदरबारको कुरा नारामै सीमित भएको छ । संबिधानमा स्थानीय तहलाई अधिकार भएपनि गाउँ÷नगरपालिका दाया÷बाया फर्कदा पनि प्रदेश र संघको हस्तक्षेपको सिकार बन्नुपरेको छ । संघीयताको मर्म गाउँघरमै सिंहदरबारको अधिकारका निम्ति हो । हिजोको केन्द्रीकृत शासनप्रणालीलाई गाउँस्तरमा पु¥याउनु नै संघीयताको मुल मर्म हो ।




