सदरमुकाम कुश्मासँगै जोडिएको छ कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोट साविकको खुर्कोट गाविस हाल कुश्मा नगरपालिका वडा नम्बर २ बनेको हो । समथर र उर्बर जमिनका कारण यो वडा कृषि र पशुपालनमा राम्रो मानिन्छ । खुर्कोटका धेरै सम्भावनाहरु रहेका छन् । कुश्मा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष यदुनाथ बाँस्तोला ठुलो वडामा थोरै रकम भित्रिदा सबै जनतालाई चित्त बुझाउन समस्या रहेको बताउँछन् । उनै बाँस्तोलासँग गरिएको कुराकानी ।
वडा अध्यक्षको बर्षदिनको अनुभव कस्तो रह्यो ?
–पहिलो बर्ष चुनावी बर्ष पनि हो । पहिलो पटक जनप्रतिनिधि हुँदा कानुनी ब्यवस्था, विकास प्रक्रिया लगायत बिषयबस्तु बुझ्ने, विकास निर्माणका कामलाई कसरी अगाडी लैजादा बढी काम हुन्छ र जनताले विकासको महसुस गर्न सक्छन् भन्ने बिषयमा सिक्ने अवसर पनि मिल्यो । जनप्रतिनिधि भएपछि सबैको घरदैलोमा पुग्ने, भेटघाट गर्ने, उनीहरुका समस्या बुझ्ने र कसरी समाधान गर्ने भन्ने बिषयमा अनुभव मिलेको छ । चुनावी बर्ष भएका कारण ठुला योजना बनाउन सकिएन । सबै जनताका मागलाई सम्बोधन गर्नुपर्दा स–साना योजना बनाउन बाध्य भइयो ।
यो अवधिमा कुनपा २ मा के के काम भयो ?
–यो अवधिमा ठुला पूर्वाधारका काममा जोड दिन त पाइएन । छमर्के–छिपछिपे–कोटगाउँसम्मको मोटरबाटो चौडा बनाउने काम भएको छ । अन्य सडकलाई सफा गर्ने, सवारी साधनलाई सहज रुपमा गुड्नसक्ने बनाउने काम भयो । कुश्मा नगरपालिका वडा नम्बर २ खेतीयोग्य जमिन भएका कारण पनि यहाँ सिंचाईका थुप्रै नहर, कुलोहरु रहेका छन् । ती कुलोहरुको मर्मत गर्ने र किसानलाई सिंचाईका लागि सहज बनाउने काम ग¥यौ । आयआर्जन तथा नेतृत्व र क्षमता विकाससम्बन्धी तालिमहरु सञ्चालन ग¥यौ । अपाङ्गता तथा असहाय भएकालाई वडाले छुट्टै भत्ताको ब्यवस्था गरेको थियो, त्यो बितरण ग¥यौ । कृषिलाई पनि हामीले उत्तिकै महत्व दिएका छौ । हाम्रो वडालाई कृषिजन्य बस्तुहरु, दुध, तरकारीमा आत्मनिर्भर गराउदै नजिकमा प्रशस्त बजार भएका कारण पनि यहाँ उत्पादन भएको बस्तुहरु निर्यात गर्न किसानलाई प्रोत्साहन मिल्ने कार्यक्रम सञ्चालन गरेका छौ । किसानलाई जमिन जोत्नका लागि सहज होस भने थुप्रै मिनि टेलर ९यान्त्रिक हलो० छुट अनुदानमा बितरण ग¥यौ । हामीले टनेलमा तरकारी खेतीका लागि ४०÷४५ वटा टनेल बितरण ग¥यौ ।
वडामा चालु आर्थिक बर्ष कस्ता योजनालाई प्राथमिकता दिँदै हुनुहुन्छ ?
–चालु आर्थिक बर्षमा एक घर एक धाराको काम पुरा गर्ने लक्ष्य रहेको छ । साविकका नौ वटै वडालाई समेटेर नगरपालिका, वडा र स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर एक घर एक धारा पु¥याउने लक्ष्य लिएका हौ । बिद्यालयहरुको शैक्षिक सुधार गर्ने, सबै बालबालिकालाई बिद्यालय पु¥याउने, मुख्य सडकलाई स्तरोन्नती गर्दै जाने, अन्य सडकलाई नालीसहित ब्यवस्थित गराउने योजना पनि बनाएका छौ । हाम्रो वडामा बाह्रै महिना सहज रुपमा यातायात गुड्ने गराउनका लागि योजना बनाएर अभियान चलाएका छौ ।
वडाको मुख्य समस्या के दँेख्नुहुन्छ ?
हाम्रो वडाको मुख्य समस्या भनेकै खानेपानी हो । सदरमुकाम कुश्माबाट नजिक भएर पनि यहाँ खानेपानीको मुख्य समस्या रहेको छ । आर्थिक बर्ष ०७५÷०७६ मा वडाले खानेपानीको समस्या समाधान गर्नका लागि खानेपानीलाई प्राथमिकता दिएर बजेट र कार्यक्रम बनाएको छ । जनताका आवश्यकता र माग थुप्रै छन् तर वडामा आउने बजेट कम हुदा जनताका सबै माग र आवश्यकतालाई पुरा गर्न सकिएको छैन यही नै समस्या हो ।
विकास निर्माणमा जनताको सहभागिता कस्तो छ ?
कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटमा विकास निर्माणको काममा जनताको सहभागिता राम्रो रहेको छ । सरकारले तोकेअनुसार जनताहरु हरेक योजनामा श्रमदानमा समेत खटिएको अवस्था छ । श्रमदानमा कुनै समस्या छैन । विकास निर्माणमा सबै जनताले उत्तिकै चासो राख्नुहुन्छ । उहाँहरुको यो चासोले काम गर्न सहज भएको छ । अन्यत्रजस्तो योजनामा गएको पैसा टालटुल पारेर खाने चलन हाम्रोमा छैन । बजेट गएकोभन्दा बढी काम हुने गरेको मैले महसुस गरेको छु । उपभोक्ता समितिले गरेको काममा म पूर्ण सन्तुष्टि छु । मेरै नेतृत्वमा वडाका पाँच जनै जनप्रतिनिधि गएर काम भए÷नभएको हेर्दा हामी कामप्रति सन्तुष्ट भएका छौ । आगामी बर्षहरुमा पनि जनताहरुको यस्तै सहभागिता र चासो रहनेमा म पूर्ण विश्वासमा छु ।
वडाको समृद्धिका आधारहरु के के हुन ?
वडाको समृद्धिको आधार भनेको उर्बरजमिनमा कृषिजन्य बस्तु, तरकारी, फलफुल लगाउने पशुपालन गर्ने हो । यहाँ प्रशस्तमात्रामा उर्बर भुमि रहेको छ । बनजङ्गल पनि उत्तिकै छ । त्यसको उपभोग गर्नुप¥यो । बजारको कुनै समस्या छैन । कुश्माबजार, बागलुङबजारमा अहिले पनि बाहिरबाट थुप्रै तरकारी, फलफुल, दुध, अण्डा भित्रिरहेको सन्दर्भमा खुर्कोटमा उत्पादन गर्न सक्ने हो भने बाहिरबाट आउने बस्तुहरु रोकिनेछ । कृषिलाई पनि विगतको जस्तो परम्परागत रुपमा नगरी कृषिलाई यान्त्रिकरण गर्दै जोड दिनुपर्छ । त्यसका लागि वडा कार्यालयले गत बर्ष किसानलाई हलो लगायतका सामान छुट अनुदानमा बितरण गरेका छौ । आगामी बर्ष पनि त्यस्ता कार्यक्रमलाई जोड दिन्छौ । अहिले धेरै युवाहरु रोजगारीका लागि बिदेशिएका छन् ।
विकास निर्माणमा तपाईले देखेका चुनौती के छन् ?
वडाको चुनौति भनेको बिदेशीएका युवालाई रोक्न नसक्नु हो । बिदेशमा जति श्रम गर्न सक्ने हो भने त्यहाँ कमाउने भन्दा बढी आफ्नै ठाउँमा कमाउन सकिन्छ । युवाले सीप लिएर गाउँमै कमाउने गराउन चुनौति छ । अर्को कुरा साविकको खुर्कोट गाविस त्यतिबेला पनि ठुलो गाविस थियो । अहिले साविकको खुर्कोट गाविसलाई एउटै वडा बनाइएको छ । साविकको शिवालय गाविसलाई चार वटा वडा बनाइएको छ । सबै वडालाई समान रुपमा विकास बितरण गर्दा खुर्कोटमा निकै कम रकम भित्रिने अवस्था छ । थोरै रकमले सबै जनताले माग गरेका र आवश्यक विकास निर्माणका काम गर्न सकिने रहेन्छ । अहिलेको मुख्य समस्याका रुपमा वडामा निकै कम रकम भित्रिने रहेको छ । गाउँगाउँमा सिंहदरबार भन्ने संघीय र प्रदेश सरकारले स्थानीय तहमा बजेट पठाउन कन्जुस्याई गर्ने अवस्था अन्त्य हुनुपर्छ ।
विकास निर्माणमा जनताले कस्तो महसुस गरेका छन् ?
वडामा भित्रिएको योजनामा बिनियोजन भएको रकमको काममा सन्तुष्ट हुनुहुन्छ । मुख्य कुरा जनताको सबै माग र आवश्यकतालाई पुरा गर्नका निम्ति बजेटको अभाव छ । कम बजेटले धेरैका माग पुरा गर्न नसकिने अवस्था छ । त्यसैले संघ र प्रदेशले स्थानीय तहलाई बढी रकम दिनुपर्छ भन्ने माग जनताको रहेको छ । अहिले भएका विकास निर्माणका काममा सन्तुष्ट नै हुनुहुन्छ ।
तपाईहरुले बढी टुक्रे योजनामा बजेट बिनियोजन गर्नुभयो, देखिने काम भएन भन्ने गुनासो छ नी ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । यो कुरा हामीले पनि महसुस गरेको कुरा हो । बजेट थोरै, जनताको माग असीमित रहेको छ । असीमित मागलाई सीमित बजेटले सम्बानेधन गर्नसक्ने कुरा भएन । त्यसैले हामीले देखिनेगरी योजना बनाउन भन्दापनि सबैका माग सम्बोधन गर्नेतर्फ जादा बढी टुक्रे योजना बनेको हुन । ठुलो वडामा थोरै पैसाले सीमित र देखिने ठुला योजना बनाउन निकै मुस्किल छ । एकातिर योजना दिने अर्कोतर्फ नदिने गर्दा मान्छेहरु झन चिडिने अवस्था आयो । यसले पनि साना योजना बनाउन बाध्य भएका हौ ।
तपाईको वडा कृषि र पशुपालनमा राम्रो मानिन्छ, किसान लक्षित कार्यक्रम के छन् ?
किसानलक्षित कार्यक्रमलाई प्राथमिकता दिएका छौ । किसानहरु निर्वाहमुखी होइन, अव ब्यावसायमुखी हुनुपर्छ भन्नेमा वडा कार्यालयले जोड दिएको छ । यो बर्षपनि हामीले ४०÷४५ वटा यान्त्रिक हलो बितरण गर्ने योजना बनाएका छौ । कृषिलाई यान्त्रिकरण गर्दै लैजाने, युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने वडाको अभियान नै छ । किसानलाई बिउबिजन उपलब्ध गराउने पनि हाम्रो कार्यक्रम छ ।
अन्त्यमा वडाबासीलाई के भन्न चाहनुहुन्छ ?
एकबर्षको कामको समिक्षा गर्दै आगामी बर्षहरुका कार्यक्रममा रायसुझाब दिनुहोला, कमीकमजोरीलाई औल्याएर सच्याउने अवसर दिनुहोला भन्न चाहन्छु । वडालाई सकारात्मक र नमुना वडा बनाउन सही सुझाबको म अपेक्ष गर्दछु ।