काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

पर्वत, जेठ २४–एक बर्षअघि नेपालमा कोभिड–१९ सुरु हुँदा धेरै ब्यक्ति, संघसंस्था र स्थानीय तहहरुसमेत धमाधम अनावश्यक ठाउँमा समेत खाद्यान्नसहित राहत र स्वास्थ्य सामाग्री बितरण गरे । तर, कोभिडको दोस्रो लहर सुरु भएपछि गाउँगाउँमा पुगेर राहत र स्वास्थ्य सामाग्री बितरण गर्ने भेटिन मुस्कील छ । पर्वतमा एक महिनाभन्दा बढी देखि निषेधाज्ञा जारी छ, गाउँमा स्थानीयले मास्क किनेर समेत पाउन सकेका छैनन् । यस्तो अवस्थामा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पर्वतका ६१ वटै वडामा मास्कसहितका स्वास्थ्य सामाग्री बितरण अभियान सुरु गरेका छन् । मल्लको ब्यक्तिगत सहयोगमा ती सामाग्री नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाली काँग्रेस पर्वत क प्रदेशका सहसचिव जितबहादुर पुन (मगर कान्छा), नेपाल प्रेस युनियन पर्वतका सचिव साजन परियार, कोषाध्यक्ष रामकृष्ण लामिछानेको टोलीले वडा–वडामा पुगेर बितरण गर्न सुरु गरेको हो । सोमबारसम्म बिहादी गाउँपालिका, पैयू गाउँपालिका महाशिला गाउँपालिका, मोदी गाउँपालिका, फलेबास नगरपालिका र कुश्मा नगरपालिकाका गरी ३५ वटा वडामा पुगेर बितरण गरेको नेपाली काँग्रेस पर्वत प्रदेश क का सहसचिव जितबहादुर पुनले जानकारी दिए । ‘नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)को ब्यक्तिगत खर्चमा पर्वतका ६१ वटै वडामा पुगेर मास्कसहितका सामाग्री बितरण गर्ने क्रममा सोमबारसम्म ३५ वटा वडामा बितरण सम्पन्न भएको छ’ पुनले भने । बाँकी वडामा पनि छिट्टै बितरण हुने पुनले जानकारी दिए । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले वडावडामा मास्क पठाएर पर्वतका कोषाध्यक्ष मल्लले निकै राम्रो काम गरेको बताए । बिहादी वडा नम्बर २ का नेपाली काँग्रेसका सभापति हरिप्रसाद पराजुलीले गाउँमा मास्क किन्न समेत नपाउने गरेको समयमा गाउँमा निशुल्क मास्क पठाएर सहयोग गरेकोमा मल्ललाई धेरै धेरै धन्यबाद दिएको बताए । पराजुलीजस्तै सबै वडाका सभापतिलगायत प्रतिनिधिले मास्कसहितका स्वास्थ्य सामग्री बुझ्दै खुशी ब्यक्त गरेका थिए । मल्लले गत बर्ष कोभिड–१९ को पहिलो लहर आएसँगै जलजला गाउँपालिकामा विपत् कोषको घोषणा गर्दै ब्यक्तिगत तर्फबाट दुई लाख जम्मा गरेका थिए । दोस्रो लहर आएपछि उक्त कोषमा केही दिनअघि थप एक लाख जम्मा गरेका थिए । मल्लले पहिलो लहरमा जलजला गाउँपालिका मात्र नभएर पर्वतका कुश्मा नगरपालिका, फलेबास नगरपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका, पैयू गाउँपालिका, बिहादी गाउँपालिका गरी सात वटै पालिकामा ब्यक्तिगत रुपमा नगद र स्वास्थ्य सामाग्री बितरण गरेका थिए । जलजला गाउँपालिकाको नौ वटै वडाका गरिब, बिपन्न परिवारलाई मल्लकै अगुवाईमा गतबर्ष खाद्यान्नलगायतका सामाग्री बितरण गरिएको थियो । कोरोना बढ्दै जाँदासाथ मल्लले नौ वडाका स्वास्थ्य संस्थालाई सक्रिय बनाएर आवश्यक तयारी पुरा गरेका मल्लकै नेतृत्वमा जलजला गाउँपालिकाले कोरोनाको दोस्रो लहर आएसँगै गाउँपालिकामा २० बेडको अस्थायी कोरोना अस्पताल निर्माण भएको थियो । मल्लकै सक्रियताले कोरोना नियन्त्रण र ब्यवस्थापनमा उत्कृष्ट भएको जलजला गाउँपालिकालाई गण्डकी प्रदेश सरकारले घोषणा गरेको थियो । मल्लले गतबर्ष आफु कोरोना संक्रमित भएर निको भएपछि गाउँपालिकामा एक घर एक पिसिआरसमेत गराएका थिए । यसबर्ष पनि दैनिक रुपमा मल्ल कोरोना भाइरसबिरुद्धको अभियानमा सक्रिय रहदै आएका छन् । केहीदिन यता जलजला गाउँपालिकामा हरेक वडामा एन्टीजेन किटमार्फत कोरोना भाइरस संक्रमित पत्ता लगाउने काम तिब्र रुपमा भइरहेको मल्लले जानकारी दिए । अध्यक्ष मल्लले लामो समय निषेधाज्ञा हुँदा धेरैलाई धेरै समस्या भएको महसुस गरी यतिबेला पर्वतका सबै वडामा मास्कसहित स्वास्थ्य सामाग्री बितरण गर्न आफुले सहयोग गरेको जानकारी दिए ।  

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000