अध्यक्ष मल्लको पहलमा जलजला गाउँपालिकामा भित्रियो २० लाख बराबरको स्वास्थ्यसामाग्री

पर्वत, जेठ ११–जलजला गाउँपालिकामा २० लाख बराबरको स्वास्थ्य सामाग्री भित्रिएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले राजधानी पुगेर स्रोत जुटाएर उक्त सामाग्री गाउँपालिकामा भित्राउनुभएको हो । अध्यक्ष मल्लको विशेष पहलमा मुख्यसचिव शंकरदास बैरागीमार्फत अक्सिजन सिलिण्डर, अक्सिजन कनसेन्ट्रेटर, बेड सिट, पिपिई, मास्क, सेनीटाइजर, भिटिएम, अन्टीजेन किटलगायत गरी २० लाख बराबरको स्वास्थ्य सामाग्री जलजला गाउँपालिकामा भित्रिएको हो ।
पछिल्लो समय जलजलामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अध्यक्ष मल्ल केही दिनदेखि राजधानीमा धाएर उक्त स्वास्थ्य सामाग्री भित्राउन सफल हुनुभएको हो । हरेक बिपत्का बेला अग्रभागमा रहेर ब्यक्तिगत खर्चमा समेत राहत बितरण गर्दै आउनुभएका अध्यक्ष मल्लले यसअघि जलजला गाउँपालिकाको बिपत् कोषमा ब्यक्तिगत दुई लाख जम्मा गर्नुभएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि मल्लले थप एक लाख गाउँपालिकाको बिपत् कोषमा जम्मा गर्नुभएको छ ।
नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका अध्यक्ष मल्लले यसअघि जलजला गाउँपालिका मात्र नभएर पर्वतका सात वटै पालिकासहित बागलुङ र म्याग्दीमा समेत गरी झण्डै १० लाख रुपैयाँको ब्यक्तिगत रुपमा स्वास्थ्य सामाग्री सहयोग प्रदान गर्नुभएको थियो । मल्लले जलजला गाउँपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पतालमा आफ्नो ब्यक्तिगत तर्फबाट पाँच वटा अक्सिजन सिलिन्डर प्रदान गर्नुभएको छ । कोरोनासँग डराएर बिभिन्न ठाउँमा बिरामी अस्पतालसम्म जान नसक्ने, शवको ब्यवस्थापन हुन नसक्ने भइरहेको समयमा अध्यक्ष मल्ल आफै अग्रमोर्चामा खटेर उद्धारमा जुट्दै आउनुभएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000