बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

फाइल तस्बिर ।

पर्वत, बैशाख २३–जलजला गाउँपालिकामा बिहिबारदेखि बित्तिय संस्था पनि बन्द गरिएको छ । सोमबारदेखि गाउँपालिकाभित्र अत्यावश्यक सेवाबाहेक सबै बन्द गरिएको जलजलामा केही दिनयता कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएपछि गाउँपालिकाले बिहिबारदेखि बैंक, सहकारीसमेत बैशाखमहिनाभरका लागि बन्द गरेको हो । गाउँपालिकाले सोमबारदेखि बन्द गर्ने निर्णय गरिएको भएपनि त्यसको पूर्ण पालना नहुँदा समुदायस्तरमा कोरोना फैलिएर अवस्था भयावह हुनसक्ने भन्दै गाउँपालिकाले सबै प्रकारका बित्तिय संस्थासहित नौ वटै वडा र सबै प्रकारका पसल ब्यावसाय पूर्ण रुपमा बन्द गर्न विशेष अनुरोध गरेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले अवस्था थप भयावह हुन नदिनका लागि गाउँपालिकाबासीलाई सबै प्रकारका पसल ब्यावसाय र सबै प्रकारका बित्तिय संस्था बैशाखमहिनाभर बन्द गर्ने जानकारी दिए । ‘कोरोना समुदायमा फैलिएर अवस्था भयावह हुनसक्ने कुरालाई ध्यानमा राखेर आजदेखि सबै बित्तिय संस्था र पसल, ब्यावसाय पूर्ण रुपमा बन्द गर्नका लागि अनुरोध गरेका छौ’ अध्यक्ष मल्लले भने । दैनिक उपभोग्य सामाग्री पनि तोकिएको समयभित्रमात्रै बिक्रि बितरण गर्न तथा खरिद गर्न पनि अध्यक्ष मल्लले सबैमा आग्रह गरेका छन् । जलजला गाउँपालिकामा केही दिनयता तीन जनाको कोरोनाका कारण ज्यान गएको छ । अध्यक्ष मल्लका अनुसार गाउँपालिकाले कोही बिरामी परेमा वा गर्भवतीका लागि अस्पतालसम्म पु¥याउनका लागि सवारीसाधनको ब्यवस्था गरेको छ । कोभिड–१९ को संक्रमण बढेसंगै गाउँपालिकाले अस्पताल जान परेमा अधिकृत प्रताप शर्मा र सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द खत्रीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्यसैगरी पिसिआर परिक्षण तथा अन्य कोभिड सम्बन्धी जानकारी लिनका लागि स्वास्थ्य संयोजक राजु बोहोरा र भवानी सुबेदी, नियमित औषधी सेवन गर्ने बिरामीका लागि औषधी अभाव भएमा अनिल खत्री र पार्वती थापालाई सम्पर्क गर्न सकिने जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000