पर्वत उद्योग बाणिज्य संघको निर्वाचन चैत ७ मा, प्रजातान्त्रिक समुहबाट अध्यक्षमा शिव शर्मा पौडेलको उम्मेदवारी

पर्वत, फागुन २३–पर्वत उद्योग बाणिज्य संघको १७ औ अधिवेशन अन्र्तगत आगामी चैत्र ७ गते कुश्माबजारमा निर्वाचन हुँदैछ । लामो समय उद्योग बाणिज्य संघको पकड आफ्नो पक्षमा राखेको प्रजातान्त्रिक समुहले विगत दुई कार्यकाल नेतृत्व गर्न बञ्चित रह्यो । प्रजातान्त्रिक समुहबिच विभाजन ल्याएर दुई कार्यकाल नेतृत्व लिन सफल भएको बामपन्थी समुहलाई पराजित गर्न यसपटक प्रजातान्त्रिक समुह एकढिक्का देखिएको छ । विगत २३ बर्षदेखि उद्योग बाणिज्य संघमा काम गर्दै आएका शितल डेरी उद्योगका सञ्चालक शिव शर्मा पौडेलको नेतृत्वमा प्रजातान्त्रिक समुह प्रतिष्पर्धामा जुटेको छ । विगतमा टुटफुटले गर्दा नेतृत्व फुत्किएपनि यसपटक पनि प्रजातन्त्रबादी उद्योगी, ब्यापारीहरु एकढिक्का देखिएका छन् । कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारी घर भएका अध्यक्ष पदका उम्मेदवार पौडेलले झण्डै तीन दशकदेखि कुश्माबजारमा शितल डेरी उद्योग सञ्चालन गर्दै आएका छन् । घरेलु तथा साना उद्योग महासंघ पर्वतको अध्यक्षलगायत दर्जनौ संघसंस्थामा आबद्ध र नेतृत्व गर्दै आएका पौडेलले लामो समयदेखि पर्वत जिल्लामा पर्यटन भित्राउनका लागि पर्यटन प्रर्बदनको काममा समेत सक्रिय रहदै आएका छन् । पर्वत जिल्लामा कुश्मा–ज्ञादी जोड्ने बिश्वकै अग्लो पुल निर्माण भएपछि मात्रै पर्यटकहरु आउने क्रम बाक्लिएको हो । २०६५ सालमा तत्कालिन अवस्थामा पर्वत उद्योग बाणिज्य संघको सदस्य पदमा कार्यरत पौडेलले कुश्मा–ज्ञादी अग्लो झोलुङ्गे पुल निर्माण समितिको अध्यक्ष भएर काम गरेका थिए । पौडेलकै नेतृत्वमा पर्वतका मुख्य पर्यटकीय क्षेत्रको अवलोकन तथा पर्वतमा कसरी बढीभन्दा बढी पर्यटक भित्राउन सकिन्छ, पर्यटकीय क्षेत्रको विकास तथा प्रबद्र्धन गर्न सकिन्छ भनेर सम्बन्धित निकायमा पहल हुँदै आएको छ । पर्वतको उद्योगी, ब्यावसायीका साथै साना ब्यावसायीको पिरमर्कासमेत राम्रोसँग बुझेका पौडेलको बिजयले पर्वतको पर्यटन क्षेत्रको विकाससँगै ब्यावसायीहरुको हकहितका साथै कोरोनालगायतको समस्याबाट ग्रसित ब्यावसायीको पक्षमा काम गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000