अमृत जोशीको १३ औँ स्मृति दिवस, प्रतिनिधिसभा बिघटनले मुलुक राजनीतिक भुमरीमा फस्यो : पूर्वसभामुख रानाभाट

पर्वत, पुस २४–प्रतिनिधिसभाका पूर्वसभामुख एवम् नेपाली काँग्रेसका नेता तारानाथ रानाभाटले प्रतिनिधिसभा बिघटनले मुलुक राजनीतिक भुमरीमा फसिएको टिप्पणी गरेका छन् । अमृत जोशी स्मृति प्रतिष्ठानले बिहिबार आयोजना गरेको कार्यक्रममा बोल्दै रानाभाटले मुलुकमा स्थिरता आउने अपेक्षा गरेका जनतालाई प्रतिनिधिसभा बिघटनले राजनीतिक दलप्रति बितिष्णा पैदा गरेको बताए । आगामी बैशाखमा चुनाव भएपनि वा अहिले संसद पुनस्र्थापना भएपनि दुबै विकल्प देशका लागि हानिकारक हुने उनले बताए ।
अहिले हतासमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले देश विभिन्न खाले समस्याबाट गुज्रिरहेको बेला राजनीतिक संकट देखापरेको दाबी गरे । यसको सफल अवतरण गराउन अहिलेको नेतृत्व सफल हुनेमा शंका रहेको भनाई उनको रहेको थियो । देशमा राजनीतिक शक्ति कमजोर हुँदा त्यसको फाईदा बिदेशी शक्तिले लिने भन्दै सबै दललाई जिम्मेवार भएर अहिलेको समस्या समाधानमा जुट्न सल्लाह दिए । रानाभाटले सत्तापक्ष पदको भागवण्डा र कुर्चिको तानातानमा लाग्दा बिभाजित भएको र प्रतिपक्ष केही थान मन्त्री पाउने आशामा कुनै दलको पछि लागेर सरकारमा जाने कोशिष गरेमा त्यो पनि घातक हुने चेतावनी दिए । सबै दलले स्वार्थलाई त्यागेर अहिलेको तरल राजनीतिलाई सहि दिशा दिनुपर्ने रानाभाटले बताए । स्वार्गिय अमृतप्रसाद जोशीलाई नजिकबाट चिनेको बताउँदै रानाभाटले जोशीको इमान्दार राजनीतिक जीवनको प्रशंसा गरे ।
कार्यक्रममा अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठानका प्रमुख संरक्षक एवं काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो वुवा अमृत जोशी ईतिहासको खुल्ला किताव रहेको स्मरण गरे । उनले जहिले पनि आफुलाई असल आचरण र राजनीति समाजसेवा हो भन्ने पाठ सिकाएको बताउँदै वुवाको आदर्श आफनो लागि अहिले पनि मार्गदर्शन बन्न पुगेको बताए । जोशीले स्वार्थलाई त्यागेर गरिने राजनीतिले मात्रै समाज रुपान्तरण गर्न सकिने र व्यक्ति मरेर पनि जिवितै रहने पाठ वुवाबाटै सिकेको बताए । अमृत जोशी स्मृति प्रतिष्ठानको स्मृति दिवशको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताका बिजेता बिद्यार्थीलाई उक्त समारोहमा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सभापती खिमप्रसाद भुसाल, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल (रामकृष्ण), कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाल तरुणदलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिृकत हरि पंगेनी, नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, गुप्तेश्वर वहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्य, नेपाली काँग्रेसको महिला विभागका केन्द्रीय सदस्य रेखा गुरुङ, नेकपा कुश्मा नगरकमिटीका अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिका–५ का अध्यक्ष चित्रकला शर्मा भारती, जिविसका पूर्वउपसभापती राम शर्मा पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, शहिद हरिदत्त स्मृति प्रतिष्ठानका सचिव नरवहादुर थापा, समाजसेवी खेमनाथ शर्मा, नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रवहादुर रिमाल, लायन्स क्लबका पूर्व सल्लाहकार काशीकुमार जोशी, पर्वत जेसीजका पूर्वअध्यक्ष मोहन आचार्य, प्रतिष्ठानका सदस्य सुन्दरप्रसाद जोशीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव र अध्यक्षता प्रतिष्ठानका अध्यक्षले गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000