`अनुदान वितरणमा पक्षपात हुनेछैन’–कृषि ज्ञान केन्द्र प्रमुख थापा

 

 

पर्बत, पुस २२-कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नहुने स्पष्ट पारेकी छिन् । मगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा नयाँ कार्यालयप प्रमुखको रुपमा सरुवा भएर आएकी प्रमुख थापाले अनुदान वितरण गर्दा वास्तविक कृषकलाई नै प्रदान गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

‘अनुदान वितरणमा दवाब र प्रभावमा पर्दिन’ प्रमुख थापाले भनिन–‘ब्यवसायीक कृषकहरु अनुदानबाट छुट्ने छैनन् ।’ कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै उनले कार्यालय र स्थानीय तह वीचको समन्वयलाई प्रभावकारी बनाउने बताईन् । अनुगमन तथा सिफारिसको सन्दर्भमा स्थानीय तहको प्रमुख भूमिका रहने भएकाले स्थानीय तहलाई कार्यालयको जानकारी दिने, त्यसको प्रभावकारीतको विषयमा अनुगमन गर्ने कार्यमा ब्यवस्थित ढङगले समन्वय हुने उनको भनाई छ । ज्ञान केन्द्रलाई स्रोत केन्द्र र प्रदर्शनी केन्द्रको रुपमा विकास गर्न केहि पूर्वाधारहरु निर्माण भइसकेको भन्दै ति केन्द्रहरुलाई कृषकहरुले केहि कुरा सिक्ने केन्द्रको रुपमा विकसित गर्ने थापको भनाई छ । थापाले ज्ञान केन्द्रमा प्रयोगशाला छिट्टै सञ्चालनमा ल्याउने समेत प्रतिबद्धता जनाईन् । कृषकहरु वीच अत्यन्तै समन्वयात्मक ढङगले काम गर्ने कुरामा थापाले दृढ विश्वास दिलाईन् ।

कार्यक्रममा पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरीले ब्यवसायीक उत्पादनमा लागेका कृषकहरुलाई सहज ढङगले सरकारी अनुदान उपलब्ध गराउन भूमिका खेल्न आग्रह गरेका थिए । उनले पछिल्लो दिनमा ब्यवसायीक खेती गर्ने कृषकहरुको संख्यामा बृद्धि हुँदै गएको भन्दै ति कृषकहरुलाई राज्यले सहयोग गर्नुपर्ने धारणा राखे । स्थानीय तह र प्रदेशका कार्यालयका वीचमा समन्वयको अभाव सृजना भएकाले कृषकहरुले दुःख र सास्ती बेहोरी रहेको गिरीको भनाई थियो । गिरीले विगतका कार्यालय प्रमुखले शुरुवात गरेको कृषकसंगको निकटको सम्बन्धलाई कार्यालयले सधै निरन्तरता दिनुपर्ने सुझाब दिएका थिए ।

कार्यक्रममा पर्वत जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुले प्रश्न तथा सुझाब दिएका थिए । यस अघिका कार्यालय प्रमुख बासुदेव रेग्मीको सरुवा भएर प्रदेश कृषि निर्देशनालयमा गए पछि थापा कार्यालय प्रमुखको रुपमा पर्वत आएकी हुन् । गत बर्षसम्म प्रदेश सरकारको नीति बमोजीम पर्वत र बागलृुङ जिल्ला कार्यक्षेत्र बनाउँदै आएको कृषि ज्ञान केन्द्र यस बर्ष देखि भने पर्वतमा मात्रै कार्यक्षेत्र बनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000