कोभिडले सञ्चारक्षेत्रमा पारेको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्छ : प्रतिनिधिसभा सदस्य गिरी

पर्वत, मंसिर २७–प्रतिनिधि सभाका सदस्य पदम गिरीले नेपाल पत्रकार महासंघ पर्वतको कार्यालयको अवलोकन गरी कोभिडका कारण पत्रकार र सञ्चार माध्यमले भोगेका समस्याहरुको बारेमा जानकारी दिएका छन् । कोभिडले मिडियाक्षेत्रमा पनि ठुलो प्रभाव पारेको भन्दै सांसद गिरीले सरकारले उचित रुपमा सम्बोधन गर्नुपर्ने पनि बताए । नेपाल पत्रकार महासंघ पर्वतको कार्यालय अवलोकनपछि आयोजित छलफल कार्यक्रममा बोल्दै सांसद गिरीले कोभिडका कारण गुमेको विज्ञापन बजारका कारण पत्रकार र सञ्चार माध्यम निकै अप्ठयारो अवस्थामा रहेको बताए । उनले राज्यको निकै महत्वपूर्ण निकायले बेहोरेको यस्तो समस्या समाधान गर्नका लागि राज्यका सवै सरकारहरु गम्भिर हुनुपर्ने धारणा राखे । उनले ब्यक्तिगत रुपमा आफू यो विषयमा निकै संवेदनशिल रहेको भन्दै आफूले पत्रकारका समस्या समाधानका लागि प्रहल गर्ने बताए ।

सांसद गिरीले पत्रकारहरुलाई सम्वोधन गर्दै कोभीड–१९ का कारण पर्वतका संचार माध्यम र संचारकर्मीहरुले भोग्नुपरेको समस्या नजिकवाट नियालीरहेको पनि बताए । उनले संचार क्षेत्रको सवलीकरण र संचार माध्यमको निरन्तरताका लागि आवश्यक पहल गर्ने पनि बताए । सांसद गिरीले स्थानीय सरकारहरुलाई स्थानीय सञ्चार माध्यमप्रति उदार भाव देखाउन समेत आग्रह गरे ।
सो अवसरमा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले संस्थाको लागि भवन दिलाउन पहलका साथै पत्रकार महासंघको संस्थागत र भौतिक विकासका लागि सहयोग गरेकोमा सांसद गिरीलाई धन्यबाद दिए । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले वर्तमान अवस्थामा पर्वतमा संचारमाद्याम र क्रियाशिल संचारकर्मीहरुको समस्या र अवस्थाका बारेमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ पर्वतको भवनमा अन्य भौतीक पूर्वाधार निर्माणका लागि प्रतिनिधि सभाका सांसद पदम गिरीले रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका छन् ।
सांसद मार्फत आउने पूर्वाधार विकास साझेदारी कार्यक्रमवाट यस वर्ष रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका हुन् । शुक्रवार नेपाल पत्रकार महासंघ पर्वतको कार्यालय सञ्चारकर्मीहरुसँगको भेटमा सांसद गिरीले पत्रकारहरुको पेशा र कोभीड १९ ले पारेको समस्याप्रति आफु गम्भीर रहेको बताउँदै संस्थागत विकासका लागि यस वर्षको बजेटवाट रु १० लाख बिनीयोजन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
स्थापनादेखि १३ वर्षसम्म भाँडाको घरमा संचालन हुँदै आएको पत्रकार महासंघ पर्वतको भवन गत वर्ष सांसद गिरीकै पहलमा वडागाउँस्थित साविक जिल्ला शिक्षा कार्यालयको खाली भवनमा स्थानान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000