ओली सर्वसत्तावादका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको काँग्रेस युवा नेता गुरुङको टिप्पणी

पर्वत/नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले नेकपा र केपी ओलीको सर्वसत्तावादी शासन शैलीका कारण लोकतन्त्र नै अफ्ठ्यारोमा परेको वताउनु भएको छ । काँग्रेस युवा नेता गुरुङले शनिबार मोदी गाउँपालिका-८ चित्रेका विभिन्न विद्यालयमा अध्ययनरत दुईसय ८० विद्यार्थीहरूलाई झोलासहित विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गर्दै उक्त कुरा वताउनु भएको हो । नेता गुरुङले नेपालको इतिहासमा ऐतिहासिक अवसर पाएर पनि कम्युनिष्ट सरकारले त्यो अवसरको सदुपयोग भन्दा दुरूपयोग गरेर जनतालाई धोका दिएको दावी गर्नुभयो । नेता गुरुङले विगतमा काँग्रेसको सरकार हुँदा सदन अवरूद्ध गर्ने, बन्द र हडताल गरेर हरेक काममा अवरोध गर्ने कम्युनिष्टलाई आज काँग्रेसले निर्विवाद रूपमा काम गर्ने वातावरण दिँदा समेत आफू-आफूमा लडेर विभाजनको सङ्घारमा पुगेको वताउनु भयो । काँग्रेस नेता गुरूङले नेपाली कांग्रेस आजपनि नेकपा पार्टीलाई एकढिक्का भएको देख्न चाहेको वताउँदै देश र जनताको भविष्यमाथि खेलवाड गरेर भ्रष्टाचार र अपराधलाई संस्थागत गर्दै गएकोले कम्युनिष्टहरूले अब जनतामा भोट माग्न जाने नैतिक आधार गुमाएको समेत दावी गर्नुभएको थियो । नेता गुरुङले विद्यार्थीहरूलाई शिक्षामा उत्प्रेरित गर्न आफूले शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम लिएर चित्रेमा आएको वताउँदै चित्रेसँग आफ्नो अन्योन्याश्रीत राजनीतिक सम्बन्ध रहेको धारणा राख्नु भएको थियो । काँग्रेस युवा नेता गुरुङले ओली सरकारले देशमा शैक्षिक माफियाहरुको संरक्षण गरेको वताउँदै शिक्षा क्षेत्रमा मौलाएको माफियावाद र व्यापारीकरणलाई निरुत्साहित गरेर युग सुहाँउदो प्राविधिक शिक्षाका लागि तरूण दलले देशभरि दवावमूलक अभियान सञ्चालन गर्न लागेको समेत जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले दुईतिहाइ मतको दम्भमा कम्युनिष्टहरूले सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको दावी गर्दै कम्युनिष्टहरूले गरेको ज्यादतीकाबिरुद्ध एकजुट भएर प्रतिवाद गर्न सबै काँग्रेस नेता तथा कार्यकर्तालाई सुझाव दिनुभएको थियो । काँग्रेस युवा नेता मल्लले नेकपा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको कारण उनीहरुकै कार्यकर्तामा निरासा बढ्दै गएको दाबी गर्दै नेकपामा आएको विचलनबाट मुलुकको लोकतन्त्र नै अफ्ठ्यारोमा पर्न लागेकोले यो राजनीतिक संकटबाट देशलाई जोगाउन काँग्रेस अझै जिम्मेवार र एकतावद्ध भएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभएको थियो । सोही कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं जिल्ला कार्य समिति सदस्य डाक्टर चूडामणि शर्माले सत्ता बाहिर हुँदापनि काँग्रेसका नेता कार्यकर्ताहरूले जनताको बीचमा पुगेर रचनात्मक सहयोग गर्दै आएकोले नेपाली काँग्रेसका प्रति जनताहरूको आकर्षण बढ्दै गएको दावी गर्दै जनताको घरदैलोमा पुगेर गाउँबासीको भावना बुझेर काम गर्न सबै काँग्रेस कार्यकर्ताहरूलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारीले विगतको निर्बाचनमा नेपाली काँग्रेसले हार्दैगर्दा देशभरका जनताहरु पश्चातापमा परेको वताउँदै आसन्न निर्वाचनका लागि सबै काँग्रेसहरू एकढिक्का भएर जुट्न चित्रेबासीहरूलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस चित्रेका उपसभापति तिलक पौडेल, शिक्षक हरिकृष्ण लामिछाने, पञ्चकोशी प्राविका प्रधानाध्यापक सुशीला गुरूङ लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस चित्रेका पार्टी सभापति भीमप्रसाद लम्सालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेस चित्रेका पार्टी सचिव एवं शिक्षक कृष्ण ढुंगानाले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य तरूण युवा दीपक सुनारले गर्नुभएको थियो । सोही कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले चित्रेमा क्रियाशील युवा क्लब सिद्ध वराह युवा क्लब र हातेमालो बालक्लवलाई बल र नेट हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरि केन्द्रीय कोषाध्यक्ष गुरुङले शनिबार नै नेपाली कांग्रेस राम्जाका सभापति नारायण गौतममार्फत् पशुपति माविमा अध्यनरत बिद्यार्थीहरूलाई हस्तान्तरण गर्नेगरि ३० थान झोला उपलब्ध गराउनुभएको थियो भने आर्थिक अवस्था कमजोर भएर शिक्षा आर्जन गर्नबाट बञ्चितीमा परेकी विन्दु सुनारलाई आजै आर्थिक सहयोग समेत गर्नुभएको थियो । राम्जामा आयोजित कार्यक्रममा काँग्रेसको सांगठनिक अवस्थाको बारेमा पार्टी सभापति नारायण गौतम र तरूण दलका अध्यक्ष यदु गौतमले जानकारी गराउनु भएको थियो । चित्रे र राम्जामा वितरण गरिएको शैक्षिक सामाग्री सिन्धुपाल्चोक नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि सञ्जय लामाले सहयोग गर्नुभएको नेता गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा मोदी गाउँपालिकाले डिमुवामा १५ शैयाको अस्पताल निर्माण गर्नेभन्ने आफ्नै निर्णय कुल्चेर बाजुङमा शिलान्यास गरेकोमा मोदीबासी धेरै जनताले आपत्ति जनाएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000