रानीपानी-फलेवास ढिकसम्मको लोकमार्ग सडक कालोपत्रेको लागि १ अर्ब २४ करोडको ठेक्का खुल्यो

 

 

पर्वत, मंसिर १९- जिल्लामा रहेको राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डको रानीपानी देखि फलेवास ढिक सम्मको २२ किलोमिटर सडक कालोपत्रेको लागि बोल पत्र आब्हान भएको छ । कालीगण्डकी करिडोर सडक पाल्पाले सडक कालोपत्रेको लागि बहुबर्षिय ठेक्काको आब्हान गरेको हो ।

यो सडकले देशको उत्तर चिन र दक्षिण भारतलाई जोड्छ । दुई देश जोड्ने सडकको निर्माण कार्य भने सुस्त गतिमा अघि बढिरहेको बेलामा पर्वत बासीका लागि अर्को खुशीको खबर आएको छ । मुख्य गरी विहादी गाउँपालिका देखि फलेवास नगरपालिकासम्म जोड्ने ट्रयाक्कमा अहिले स्तरोउन्नतीको काम भइरहेको छ । सोहि खण्डमा चालु बर्षमा नै काम शुरु हुने गरी ठेक्का आब्हान भएको प्रतिनिधि सभाका सदस्य पदम गिरीले जानकारी दिए । सडक कालोपत्रेका लागि जनप्रतिनिधिहरुको निरन्तरको प्रयास सफल भएको भन्दै सांसद गिरीले खुशी ब्यक्त गरे । कार्यालयले १ अर्व २४ करोड रुपैंयाको लागतमा सडक कालोपत्रेका लागि ठेक्का आब्हान गरेको हो ।

यस अघि सेतीवेणी देखि रानीपानीसम्मको खण्ड कालोपत्रे गर्नका लागि ४१ करोड रुपैंया लागतको बोलपत्र आब्हान भई निर्माण कम्पनीले काम शुरु गरीसकेको छ । लोकमार्गमा स्याङजा र पर्वत जोडने मोटरेवल पुल सेतीखोलामा निर्माणधिन अवस्थामा छ । यस सडक खण्डको मोदीवेणी घाटमा मोटरेवल पुल निर्माण सम्पन्न भईसकेको छ । सडक खण्डको मोदीवेणी क्षेत्रमा भने अझै पनि ट्रयाक्क खुल्न बाँकी रहेको छ ।

सडक खण्डको रानीपानी देखि फलेवास ढिकसम्मक स्तराउन्नतीको काम भने अनितम चरणमा पुगेको छ । सडक खण्डमा अर्मादी देखि मोदीवेणीसम्मको सडकको ट्रयाक्क समेत पुरा भएको छैन । यो सडकको सवै खण्ड पुरा हुँदा उत्तर देखि दक्षिणी क्षेत्रको यात्रा सहज हुनेछ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000