नेपाली काँग्रेस पर्वतले गर्याे श्रमिक तथा मजदुर परिवारलाई राहात वितरण

पर्वत/१०७ औँ विपी जयन्तीको अवसर पारेर नेपाली काँग्रेस पर्वतले श्रमिक तथा मजदुर परिवारलाई राहात वितरण गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार विहिवार एक कार्यक्रमका बीच कुश्मा नगरपालिका १ मालढुंगा र कुश्मा नगरपालिका २ नयाँपुलका करिव १५० परिवारलाई राहात वितरण गरिएको हो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा गएको टोलीले विपन्न तथा श्रमिकहरुलाई चामल, नून, तेल, दाल, सोयाविन लगायतका सामाग्री वितरण गरेको हो । श्रमिकहरुलाई राहत वितरण गर्दै नेता जोशीले नेपाली काँग्रेस मजदूर र श्रमिकको हितमा काम गर्ने पार्टी रहेको बताउनुभयो । उहाँले श्रमिकको हितका लागि काम गर्ने भन्दै सत्तामा पुगेको नेकपा सरकारले अहिले मजदूर र श्रमिक भोकभोकै पर्दा पनि सहयोग नगरेकोमा दुख व्यक्त गर्नुभयो । श्रमिक र मजदूरका पक्षमा काँग्रेसले काम गर्दै आएको र उनीहरुका माग सम्बोधन गर्दै आएको स्मरण गर्नुभयो । जोशीले विपी कोईराला नेपाली काँग्रेसका लागि मात्रै नभई नेपाल र नेपालीका लागि विश्वमै देखाउन लायक नेता रहेको बताउनुभयो । विपीले राजनीतिक परिवर्तन मात्रै नगरेर देश र जनताको आर्थिक र सामाजिक परिवर्तन गरे मात्रै विकास भएको मानिने बिचार बोक्ने गरेको बताउँदै विपीले बोकेको बिचार अहिले पनि सान्दर्भिक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सचिव अशोक उचै ठकुरी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले, नेपाली काँग्रेसका जिल्ला सदस्यहरू डा. चुडामणी शर्मा, शिवप्रसाद सुबेदी, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, कुश्मा नगरपालिका वडा नं २ का वडाअध्यक्ष यदुनाथ शर्मा वास्तोला, ८ का वडाअध्यक्ष राजकुमार क्षेत्री, नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सचिव सुरेन्द्र केसी, महिला संघका कार्यवाहक सभापती मुना शर्मा लामिछाने, कुश्मा नगरपालिका वडा नं २ का वडा सदस्य शान्ति शर्मा कुमाल, नेपाली काँग्रेस कुश्मा नगरसमितिका कोषाध्यक्ष शिवराज शर्मा, नेवि संघका नेताहरू राजीव लामिछाने, बरदान पौडेल र शिशिर पौडेल लगायतको सहभागिता थियो । कोरोनाको प्रभावका कारण काम गुमाएका र घरखर्च सकिएका मजदूर परिवारले राहात पाउँदा खुशी व्यक्त गरेका थिए । मालढुंगामा राहात वितरण कार्यक्रम नेपाली काँग्रेस पाङका सभापती खगराज पौडेल र नयाँपुलमा खुर्कोटका सभापती कालीभक्त शर्माको सभापतीत्वमा भएको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेसका जिल्ला सचिव अशोक उचै ठकुरीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000