दुर्लुङ पहिरोमा पुरिएर छ जना अझै बेपत्ता

पर्वत, जेठ ३२–कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरो जाँदा घर भत्केर पुरिएका ६ जना आइतबार बिहानसम्म पनि वेपत्ता छन् । शनिवार राती पहिरो जाँदा दुई वटा घर पुरिएर नौ जना बेपत्ता भएका थिए । त्यसमध्ये तीन जनाको राती नै शव फेला परेको छ । अन्य छ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बेपत्ताा भएकाको खोजी कार्य जारी रहेको छ ।

पहिरोमा पुरिएर स्थानीय तुलबहादुर थापा, उनकी श्रीमति मिनकुमारी थापा र ११ बर्षिया बालिका दिविसा थापाको मृत्यु भएको छ । उनीहरुको शव पहिरोले पुरिएको अवस्थामा शनिवार राती  निकालिएको थियो । पहिरोले स्थानीय तुलबहादुर थापाको छ जना र कमला विकको तीन जनाको परिवार पुरिएको हो । घटनास्थलमा अहिले पनि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीसहित स्थानीयले पुरिएकाहरुको खोजी कार्य जारी राखेका छन् । शनिबार राती नौ बजेको समयमा पहिरो गएको अनुमान गरिएको छ । कुश्मा–३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले तीन जनाको शव फेला परेको र अन्यको खोजी कार्यलाई तिब्रता दिइएको जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000