वर्षातमा नदीजन्य बस्तु निकाल्न जलजला गाउँपालिकाले रोक लगायो

पर्वत, असार ७–बर्षाको समयमा जलजला गाउँपालिकाले नदीजन्य बस्तु उत्खनन् गर्न रोक लगाउने निर्णय गरेको छ । जलजला गाउँपालिकाको कार्यपालिका बैठकले  १५ सम्म नदीजन्य बस्तु निकाल्नका लागि पूर्ण रुपमा रोक्ने निर्णय गरेको हो । गाउँपालिकाले ढुंगा, गिट्टी, बालुवा निकाल्नका लागि ठेक्कासमेत असोज लागेपछि मात्रै लगाउने भएको छ ।
गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असार देखि भदौ १५ सम्म नदीमा उत्खनन पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘बर्षा याममा नदीजन्य पदार्थ उत्खनन गर्न ऐन कानुनले समेत रोक लगाएका कारण यसलाई पुर्णरुपमा कार्यान्वयन गर्ने निर्णय गरेका हौ’ अध्यक्ष मल्लले भने । रोकिएको अवधिमा एक्साभेटर, टिपर, ट्याक्टर प्रयोग गरेर नदीजन्य बस्तु निकासी गरेमा जरिवाना रकम समेत तोकिएको छ ।
गाउँपालिकाका अनुसार एक्साभेटरको ६० हजार, टिपरको २५ हजार र ट्याक्टरको १५ हजार जरिवाना गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । दोस्रो, तेस्रो पटक भएमा पटके कर लगाउने निर्णय पनि बैठकले गरेको छ । ‘गाउँपालिकाले रोक लगाएको अवधिमा कुनैपनि सावरीले नदीजन्य बस्तु निकालेमा जरिवाना तोकिएको छ, देहो¥याएमा पटके जरिवाना हुन्छ’ जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले भने । बर्षा याममा उत्खननमा रोक लगाइएपनि निकासी कर भने नियमित रुपमा संंकलन गरिने भएको छ ।
हिउँदमा जम्मा भएको नदीजन्य पदार्थ बिक्रीबाट आउने कर भने नियमित रुपमा उठाउने उनले जानकारी दिए । यसैगरि चालु आर्थिक बर्षमा वातावरणीय प्रभाब मुल्याङ्कन प्रतिबेदन अनुसार सम्झौता भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएकोले ठेक्का लिएको निर्माण कम्पनीसंग जवाफ माग्ने गाउँपालिकाको निर्णयमा उल्लेख छ ।
यसैगरी जलजला–७ मा रहेको बागेश्वरी ब्लक उद्योग दर्ता भएपनि उसले क्रसर चलाएकोले उसलाई बन्द गराउने निर्णय गाउँपालिकाको बैठकले गरेको छ । पालिकामा पटक–पटक कागजात पेश गर्न समेत ताकेता गर्दा पनि नबुझाएकोले बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । यो उद्योगले क्रसर चलाएको दर्ता नै नभएको भन्दै अख्तियारले समेत पालिकालाई पत्राचार गर्दै आएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000