यसरी नेतृत्व लिन सिक्दै छन पर्वतका युवाहरु

पर्वत, जेठ २१ - यूवाहरुको नेतृत्व तथा क्षमता विकास गर्नका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा २ दिने कार्यशाला गोष्ठी शुरु भएको छ । युनेस्को काठमाण्डौको सहकार्यमा कुश्मा नगरपालिका र जिल्ला युवा समितिको कार्यालय पर्वतको आयोजनामा गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा जिल्लाका बिभिन्न ७ ओटा स्थानीय तहका ६० जना यूवाहरुको सहभागिता रहेको छ । कार्यशालामा दिगो विकास लक्ष्य प्राप्तीका लागि यूवाहरुको क्षमता तथा नेतृत्व विकास, दिगो विकासका लागि यूवाहरुले खेल्न सक्ने भूमिका, समाज र समुदायमा यूवाहरुले गर्न सक्ने नमूना कार्य लगायतको बारेमा छलफल र अन्तरक्रिया गरिने जिल्ला यूवा समितिको कार्यालय पर्वतका प्रमुख राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । कार्यशालामा कार्यालय प्रमुख क्षेत्री सहित युनेस्कोको कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने संस्था मेगास्किल ट्रेनिङ्ग तथा रिसर्च सेण्टरका कार्यकारी प्रमुख तथा सामाजिक अभियान्ता ओमशर्मा चापागाईँले सहजीकरण गरिरहनुभएको छ । यूवाहरुको सोचमा परिवर्तन ल्याउन र आत्म जागरण गराउनको लागि कार्यशाला महत्वपूर्ण रहने सहजकर्ता चापागाईँले बताउनुभयो । कार्यशाला गोष्ठीको समापन भोली हुने छ ।
यसैबीच, अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछानेले भौतिक संरचनाको विकास मात्र विकास नभई व्यक्तिको शारीरिक, मानसिक र संवेगात्मक विकासमा पनि उत्तिकै जोड दिनु आवश्यक रहेको बताउनुभयो । अहिलेको यूवा पुस्ता नै भोलीका लागि देश धान्ने र देश चलाउने संयन्त्र भएका कारण आजका यूवामा सकारात्मक सोचको विकास हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । यूवा शक्ति नै देशको जिम्मेवारी काँधमा लिने शक्ति भएकाले २ दिने कार्यशाला यूवाहरुको नेतृत्व र क्षमता बृद्धि गर्नका लागि महत्वपूर्ण रहने उहाँको भनाई छ । यस्तै, उद्घाटन कार्यक्रमका अध्यक्ष तथा कुश्मा नगरपालिका अन्तर्गत सामाजिक विकास संयोजक शिवप्रसाद पौडेलले यूवाहरुको क्षमता र नेतृत्व अभिबृद्धि गर्नका लागि कुश्मा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । यूवा अवस्था नै जीवनको उर्जा्शिल समय भएका कारण यही समयलाई सदुमपयोग गरी जीवनको बाटो कोर्न सक्नुपर्ने उहाँको भनाई छ ।
यस्तै, सहजकर्ता ओम शर्मा चापागाईँले कार्यशाला गोष्ठी यूवाहरुको लागि उपयोगी हुने बताउँदै आयोजक कुश्मा नगरपालिका र यूवा समितिको कार्यलयलाई धन्यवाद ज्ञापन गर्नुभयो । यूवा समितिको कार्यालयका प्रमुख तथा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले यूवाहरुको सोचमा सकारात्मक परिवर्तन नआए त्यसले देशकै लागि हानि गर्ने भएकोले यूवाहरुले देश परिवर्तन गराउन पहिले सकरात्मक र रचनात्मक सोचको विकास हुनुपर्ने बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिका ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले कार्यशालामा सहभागी हुनुभएकाहरुलाई सफल सिकाईमा ध्यान दिन अनुरोध गर्दै यूवाहरु उदाउँदै गरेको सूर्य जस्तै भएको बताउनुभयो । नेपाल दलित अभियान्ता याम परियार (शिव) ले यूवामा आपूmलाई परिवर्तन गरी सिंगो राष्ट्र नै परिवर्तन गराउन सक्ने क्षमता हुने भएकोले त्यसको सदुपयोग गर्न आह्वान गर्नुभयो । नेपाल पत्रकार महासँघ पर्वतका अध्यक्ष छविलाल तिवारीले देशको समृद्धिको आधार स्वनिर्भर यूवाशक्ति भएकाले यूवाहरु आँपैm नै केही गर्नका लागि जागरुक हुनुपर्ने सुझाव दिनुभयो । कार्यशाला उद्घाटन सत्रको कार्यक्रमको संचालन पत्रकार संजय रेग्मीले गर्नुभएको थियो । 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000