साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

पर्वत- हेम–सरस्वती प्रतिष्ठानले युवा साहित्यकार दिनेश भुसाललाई उनको साहित्यिक कृती ‘परदेशमा झरेको फूल’ का लागि पुरस्कृत गरेको छ।

गैह्र आवासीय नेपाली संघको युरोप सहसंयोजक तथा भाषा साहित्य संयोजक गोबिन्दप्रसाद गौतमको परिवारले गठन गरेको प्रतिष्ठानले पर्वतको फलेबासमा शनिबार आयोजित कार्यक्रममा उनलाई नगदसहित पुरस्कृत गरिएको हो।

राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष गौतमले उपन्यासकार भुसाललाई १५ हजार नगद र सम्मानपत्र प्रदान गरेका हुन। पर्वतवासी भुसालले आफ्नो उपन्यासमा रोजगारीका लागि विदेश जाने नेपालीका समस्यालाई सो उपन्यासको मुख्य विषयवस्तु बनाएका छन्।

कार्यक्रममा साहित्यकार शान्तिनारायण श्रेष्ठलगायतका वक्ताहरुले आफ्नै गृहजिल्लामैं रहेर आमजनताका पिरमर्काबारे साहित्य सिर्जना गर्ने कार्यको महत्व र त्यसका चुनौतिबारे प्रकाश पारेका थिए।

उक्त कार्यक्रममा विभिन्न साहित्यकर्मीहरुले आआफ्ना रचना वाचन गर्नुका साथै साहित्य रचनाबारे धारणा राखेका थिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000