शान्ति मिसनमा नेपाली सेनालाई थप अवसर

काठमाडौ‌ – नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्को अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो ।

नेपाली सेनाले कारमा थप अवसर प्राप्त गरेसँगै अब हरेक वर्ष करिब सय जना सैनिकका लागि कोटा बढ्नेछ । कारमा यसअघि १३३ सैनिक अधिकृतहरु ‘सैनिक प्रहरी’का रूपमा कार्यरत रहेकामा राष्ट्रसंघले नेपाली सेनाको कामको उच्च प्रशंसा गर्दै बटालियनको अवसर दिएको हो ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीका अनुसार, कारमा नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा हरेक वर्ष करिब सय सैनिकले अवसर पाउनेछन् । आजको राजधनी दैनिकमा समाचार छापिएको छ ।

प्रवक्ता भण्डारीले ६ सय सैनिकहरु बटालियनका रूपमा त्यहाँ जान लागेको बताए । उनले आवश्यक बन्दोबस्तीका सामानसहित केही सैनिक त्यहाँ पुगिसकेको र थप सैनिक माग भएलगत्तै पठाउने गरी तयारी अवस्थामा राखिएको बताए ।

नेपाली सेना संयुक्त राष्ट्रसंघअन्तर्गत हाल सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिबिया, इजरायल, माली, कंगो, सुडान, सिरिया, मोरक्को र दक्षिण सुडानमा खटिँदै आएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000