फिरौती बुझाए पनि पनि फिरेनन् बालक

बारा–एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।

अपहरणकारीले थुप्रै शर्त तेर्साइरहँदा ललनले एउटै शर्त राखे ‘छोरालाई यातना नदिई सकुशल फिर्ता गर्नुपर्छ ।’ त्यसबापत अपहरणकारीका सबै शर्त मान्न उनी तयार भए र मागअनुसार एक करोड दुई लाखभन्दा बढी रकम फिरौती बुझाए ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, भारतको बेतिया पुगेर ६४ लाख भारतीय रूपैयाँ बुझाएपछि छोरा फिर्ता आउने आशमा थिए ललन र उनकी पत्नी संगीता । तर अपहरणकारीसामु ललनले सुरुमै राखेको एउटै सर्त पूरा हुन सकेन । फिरौती बुझाएको एक सातापछि अंकितको हत्या भएको खबर आयो ।

ललनको परिवार खबरलाई विश्वास गर्न तयार भएनन् । अपहरणकारीले फोन संवादमा अंकितलाई यातना नदिई सकुशल रिहा गर्ने वाचा गरेको थियो ।

घटनाको अनुसन्धानमा खटिएको बारा प्रहरीले अंकितको हत्या भइसकेको हुन सक्ने बताएपछि ललन परिवार मात्र नभई सिंगो जीतपुर यतिबेला शोकमा डुबेको छ ।

गत जेठ २२ गते मंगलबार साँझ साथीको घरमा खेल्न गएका बेला अंकित अपहरणमा परेका थिए । पाँच छोरी र दुई छोरामध्येका कान्छा अंकित विद्यालयबाट फर्किएपछि केहीबेर खेल्न साथीको घर जान्थे । त्यसदिन रातिसम्म घर नफर्किएपछि गुप्ता परिवारले प्रहरीलाई खबर गरे । सोही दिनदेखि घटनाको अनुसन्धान थालेको बारा प्रहरीले ५०औं दिनमा साउन ८ गते (मंगलबार) अंकितको हत्या भएको हुन सक्ने सूचना ल्याएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000