हिंसाको अभिमुखिकरणबाट आएका पार्टी कहिल्यै लोकतान्त्रिक हुनसक्दैनन् : जोशी

पर्वत, साउन ६–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद अर्जुनप्रसाद जोशीले केपी ओली सरकारलाई सदनमा जनताले दिएको दुईतिहाई बहुमत सडकबाट फिर्ता लिनसक्ने खतरा बढेको बताएका छन् । सहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको सभाहल सिलन्याससँगै शंकरपोखरीमा आइतबार आयोजित ३६ औं वीपी स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा वताएका हुन ।
नेता जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनाबअघि जनतालाई उधारो सपना बाँडेर ल्याएको बहुमतलाई छ महिनासम्म पनि टिकाउन मुस्किल भएको उल्लेख गर्दै बहुमतको दम्भले केपी ओलीलाई अवशानको बाटोतर्फ डो¥याएको दावी गरे । ’जनतालाई ढाँटेर र भ्रम छरेर चुनाब जित्न त सजिलो होला तर धेरै समय टिकाउन सकिन्न, अहिले ओली सरकारलाई चुनाबअघिको उधारो सपना गलपासो भइरहेको छ’ नेता जोशीले भने । उनले हिंसात्मक अभिमुखिकरणबाट आएकाहरू कहिल्यै पनि लोकतन्त्रबादी हुन नसक्ने दावी गर्दै ओली अधिनायकविरूद्धको जनमत अहिले देशैभरि बढिरहेको बताए ।
’अब ओलिसँग सच्चिने र सकिने भन्दा अर्को विकल्प छैन’ जोशीले भने–’तर नेपाली काँग्रेस ओली सकिने होइन सच्चिउन भन्ने चाहन्छ ।’ नेता जोशीले कम्युनिष्टहरूको घर त भत्किने निश्चित भएको भन्दै उनीहरूको घर भत्किँदा त्यहाँ ओत नपाएका धेरै जनतालाई ओत लाग्न हाम्रो आफ्नो घर बलियो बनाउन जरूरी रहेको धारणा राखे । उनले अब काँग्रेसभित्र संगठन शुद्धिकरणको अभियान आवश्यक रहेको वताउँदै गाउँगाउँबाट धेरै क्रियाशील बनाउनेभन्दा पनि निष्ठावान र असल कार्यकर्ता उत्पादनमा जोड दिन आग्रह गरे ।

’पार्टीलाई ठूलो बनाउने नाममा फोहोर जम्मा नगरौं बरू संगठन सानो होस असल कार्यकर्ता निर्माण गरौं’ केन्द्रीय सदस्य जोशीले भने । उनले वीपीको निष्ठा, त्याग र दूरदर्शिताका कारण संसारले मानेको उल्लेख गर्दै वीपी कोइरालाको विचारलाई अंगिकार गरेर अघि बढ्न सबै कार्यकर्तालाई सुझाव दिए । नेता जोशीले सहिद हरिदत्त तिवारी र भोजराज भुषालजस्ता व्यक्तित्वहरूको रगत र बलिदानबाट सिंचित भएको शंकरपोखरीले भोलिका दिनमा सहिदलाई साक्षी राखेर संगठन सुदृढिकरणमा लाग्न अपिल गरे ।
कार्यक्रममा सहिद हरिदत्त तिवारीका ज्येष्ठ सुपुत्र एवं काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले चुनाबमा भएको हारजितलाई लिएर पश्चाताप गर्नुभन्दा काँग्रेसको भोलिको भविस्यका लागि एकढिक्का भएर अघि बढ्नुको बिकल्प नरहेको बताए । तिवारीले पछिल्लो समयमा काँग्रेस कमजोर हुनुको मूख्य कारण कार्यकर्तामा अनुशासनहिनता बढ्दै जानु र पार्टी नेतृत्वको निर्देशन नमान्नु भएको उल्लेख गर्दै पार्टीको निर्देशन नमान्ने र सांगठानिक अनुशासन उलंघन गर्नेलाई अब कार्वाही गर्नुपर्नेमा जोड दिए । उनले पार्टी शुद्धिकरण नगरि सशक्तिकरण नहुने भन्दै गाउँगाउँबाट शुद्धिकरण र सशक्तिकरणको अभियान सँचालन गर्न सुझाव दिए ।

नेपाली काँग्रेस शंकरपोखरी वार्ड इकाई समितिका सभापति एवं फनपा ३ का वडा अध्यक्ष अर्जुनबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सनम बेगम नेपाली काँग्रेस थापाठानाका सभापति थमानसिंह थापा, नेपाली काँग्रेस आर्थरका सभापति रूद्रमोहन रिमाल, नेपाल भूपू सैनिक संघ पर्वतका सभापति सु खड्कबहादुर कार्की, साविक ८ नं वडाका वडा संयोजक बलबहादुर थापा, नेका शंकरपोखरीका सल्लाहकार गणेशबहादुर थापा, सहिद हरिदत्त तिवारी, स्मृति प्रतिष्ठानका सचिव नरबहादुर थापा, नेपाल शिक्षक संघ फलेवासका सचिव धनबहादुर थापा, सहिदपुत्र एवं पार्टीका सल्लाहकार गिरीजाप्रसाद तिवारी, दलित प्रतिनिधि पूर्णबहादुर दर्जी र शिक्षक शिब पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य एवं पार्टी निर्मला रेग्मी र कार्यक्रमको संचालन पार्टी सचिव शिब तिवारीले गरेका थिए । काँग्रेस केन्द्रीय सदस्य जोशीले आफ्नो पहलमा नेपाल सरकारबाट उपलव्ध भएको ५० हजार रुपैयाँको चेक अति विपन्न प्रेमकली दर्जीलाई आजै हस्तान्तरण गरेका थिए । कार्यक्रममा गाउँगाउँबाट काँग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000