भारतबाट ल्याइने बिजुलीको भाउ बढ्यो

काठमाडौं, चैत १५ –भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु (६.३६ रुपैयाँ) बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको नयाँ विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ।  नयाँदिल्लीमा सोमबार, मंगलबार र बुधबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र भारतीय पक्षबीच यही अप्रिलदेखि लागू हुने गरी १५ महिनाको पिपिए भएको हो । पिपिएको म्याद जुन २०१९ सम्म रहनेछ। गत डिसेम्बर २७ मा नवीकरण भएको पिपिएको म्याद यही १७ चैत (३१ मार्च) मा सकिँदैछ।

पिएमा कार्यकारी निर्देशक घिसिङ र एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बुधबार नयाँदिल्लीमा हस्ताक्षर गरेका छन्। प्राधिकरणका प्रवक्ता एवं विद्युत् व्यापार विभाग प्रमुख प्रबल अधिकारीले पिपिए हस्ताक्षरपछि ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत १२० मेगावाट विद्युत् आयात सुनिश्चित भएको बताए। ‘हामीले अहिले दिइरहेको दरमा विद्युत् दिन वार्तामा अडान राख्यौं,’ उनले भने, ‘भारतीय बजारमा विद्युत्को मूल्य बढेकाले अहिलेको मूल्यमा विद्युत् दिनै नसकिने भारतीय पक्षले अडान राखेपछि ६ महिनाका लागि प्रतियुनिट मूल्य ३.९८ भारु (६.३६ रुपैयाँ) र त्यसपछि बाँकी अवधिका लागि उक्त मूल्यमा पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ।’
प्राधिकरणले एनभिभिएनसँग सुरुमा प्रतियुनिट भारु ३.४४ भारु (५.५० रुपैयाँ) मा पिपिए गरेको थियो। भारतीय बजारमा विद्युत् मूल्य वृद्धि भएपछि बढेर  प्रतियुनिट ३.६० भारु पुगेको छ।

नेपाल–भारत सचिवस्तरीय विद्युत् व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत बिजुली आयात गरिरहेको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000