बंगलादेशकी पूर्वप्रधानमन्त्री जियालाई ५ वर्ष कैद

ढाका, माघ २६– बंगलादेशको एक अदालते पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाइएको छ। २ पटक बंगलादेशकी प्रधानमन्त्री भएकी जियाको मुद्दामा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश मोहम्मद अख्तारूज्जामानले यो फैसला गरेका हुन्। जियालाई अनाथ बच्चाका लागि विश्वभरबाट उठेको पैसामध्ये झन्डै साढे २ करोड रूपैयाँ भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरिएको हो।

अहिले बंगलादेशको प्रतीपक्षी बंगलादेश नेसनालिस्ट पार्टीकी नेता रहेकी ७२ वर्षिया जियालाई अदालतको फैसलापछि पक्राउ गरिएको छ। उनलाई आजै जेल चलान गरिएको छ। यही मुद्दामा अदालतले जियाका छोरा तारिक रहमानलाई पनि १० वर्षको कैद सजाय सुनाएको छ। रहमान अहिले बेलायतमा छन्। प्रधानमन्त्री शेख हसिनाकी पुरानी प्रतिद्वन्द्वी जियाका अरू मुद्दा पनि अदालतमा विचाराधीन छन्। जिया दुईपटक गरी १० वर्ष (१९९१-१९९६ र २००१-२००६) बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000