प्रदेश सांसदविरुद्ध किर्ते मुद्दा !

काठमाडौं, माघ २३ –प्रदेश ५ की सांसद सुष्मा यादवविरुद्ध किर्ते हस्ताक्षरमा संलग्न रहेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मायादेवी गाउँपालिका १ सेमराका सञ्जय तिवारीले सांसद यादव र स्थानीय राजेश कलवारविरुद्ध चेकमा किर्ते हस्ताक्षर गरेको आरोपमा गत पुस १२ मा मुद्दा दर्ता गरेका थिए । यादव माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सांसद हुन् ।

मायादेवी गाउँपालिका १ बर्रोहिया–पचेहरा सडक ग्राभेल गर्न गठित उपभोक्ता समितिको आफू कोषाध्यक्ष हुँदा कुनै जानकारी नदिई अध्यक्ष रहेका कलवार र सचिव यादवको मिलेमतोमा रकम हिनामिना गरेको तिवारीको आरोप छ ।  आर्थिक वर्ष ०७३/७४ मा सडक स्तरोन्नति गर्न जिविसबाट ६ लाख उपभोक्ता समितिको खातामा भुक्तानी भएको थियो । दुवैजना मिलेर आफ्नो किर्ते दस्तखत गरी अन्तिम किस्ताबापतको ७२ हजार रुपैयाँ झिकेको तिवारीको आरोप छ ।

‘मैले जिम्मा लिएर काम गराएँ, काम गरेकाहरू पैसा माग्न आउँछन् । मेरो किर्ते दस्तखत गरेर उनीहरूले पैसा झिकिसके,’ उनलेभने। ०७४ असार २१ गते राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाबाट अध्यक्ष कलवारको नाममा ७२ हजार झिकेको देखिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000