वाम एकताप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसमा प्रवेश

 

पर्वत, असोज २१–पर्वत ।देशमा बामपन्थी दलहरु चुनावी एकता र पछि पार्टि एकता गर्ने योजनामा रहेका छन् । तर, बामपन्थी गठबन्धनले देशमा अनिष्ट ल्याएको र कार्यकर्ताहरुको  भावना माथि खेलवाड गरेको भन्दै बामपन्थी दलका कार्यकर्ताहरु भने, धमाधम नेपाली काँग्रेसमा प्रवेश गर्न थालेका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको कार्यलयमा आएर प्रवेश गर्नेहरुको लहर चलेको छ । मुलुकलाई कम्युनिष्टहरुले अध्यारो तर्फ धकालेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रमा आस्थावान कार्यकर्ताहरु धमाधमा काँग्रेसमा प्रवेश गर्न थालेका छन् । त्यसै विच आज कुश्मा नगरपालिका–२ खुर्कोटका हरिभन्द्र सुवेदी र सावित्री पौडेल सुवेदी लगायत आधा दर्जन वामपन्थी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सँसद सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसको सदस्यता प्रदान गर्नुभयो । सदस्यता वितरण गदै केन्द्रिय सदस्य जोशीले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले संविधान कार्यान्वयन हुन नदिन चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेको आरोप लगाउनु भयो । नेता जोशीले संविधानको मूल मर्म माथिनै प्रहार हुनेगरी एमालेसहितका ३ दलले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेको आरोप लगाउँदै नेपाली जनतासँग मिलेर सो चुनौति सामना गर्न आफ्नो पार्टी सक्षम रहेको वताउनुभयो ।

उहाँले लोकतन्त्रको सुदृढिकरण र संविधान कार्यान्वयन गर्ने दायित्व पूरा गर्न आफनो पार्टी लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । जोशीले सत्तारुढ माओवादी केन्द्र आफै कम्युनिष्ट गठबन्धन बनाउन लागि परेपछि आईपरेको चुनौति सामना गर्न आफनो पार्टी सफल हुने दावी समेत गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतका सभापति खिमप्रसाद भुषालले बामपन्र्थी गठबन्धन सँगै नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको बताउादे यो शुभ संकेत भएको बताउनु भयो । उहाँले जिल्लामा पार्टीको अवस्था राम्रो भएकाले पनि संघ र प्रदेशसभाको निर्वाचनमा विजय हुने बताउँदै वाम तालमेलबाट केही दबाब भए पनि पार्टीको अभियानलाई सहरदेखि ग्रामीण क्षेत्रसम्म विस्तार गर्ने बताउनु भयो ।

कार्यक्रममा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला कार्यसमिति पर्वतका सदस्य लगायत जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000