घरमा राख्दै नराख्नुस यि ६ चिज

मानव जिवनमा अति आवस्यकीय चिज मध्ये घर प्रमुख हो । इच्छा र सपना अनुसार आफू बस्ने घर के कस्तो बनाउने हो त्यो कल्पना गरी या चित्रण गरी बनाइन्छ । घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण शिर्जना हुन्छ । आउनुस बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्यो बिषयमा केही जान्ने कोशिस गरौं । वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ।

परेवाको गुंड

परेवा शान्तिको प्रतिक मानिन्छ यसलार्इ प्रेमको संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाको गुड छ भने अशुभ मानिन्छ । यसले घरको शान्तिस्थिती खलबलार्इ परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाको गुड छ भने त्यसलार्इ हटाएर अन्यत्रै सार्नुस ।

माकुराको जालो

यदी तपाइको घरमा माकुराले जालो बनाएको छ भने तपाइलार्इ चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ ।साथै जालोलार्इ अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएको छ । त्यसैले आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।

फुटेको ऐना

यदी तपाइको घरमा एैना फुटेको छ र त्यसलार्इ अझैपनि भित्तामा टांगी रहनुभएको छ भने तुरून्त फाल्नुस फुटेको एैनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रको ठम्यार्इ छ ।

चमेरा

तपाइका घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पुरा हुदैन , चमेरालार्इ दैत्यको रूपमा हेरिने हुदा यस्ले तपाइको घरको शुख शान्तिसंगै अनेकौ दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने शास्त्रको भनाइ छ ।

चर्केको भित्ता

घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस् । यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ ।

चुहिने धारो

चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000