दिपेन्द्र-देवयानीको प्रेमकथामा फिल्म

काठमाडौँ, जेठ १८–पूर्वराजा दिपेन्द्र वीरविक्रम शाहको प्रेमकथा आज पनि नेपालीहरुका निम्ति ठूलो कौतुहलको विषयका रुपमा रहेको छ । देवयानी राणासँगको प्रेमसम्वन्धलाई विवाहमा परिणत गर्न नसकेकै कारण दिपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको दरबार निकट सूत्रहरुले दाबी गर्ने गरेका छन् । दरबार हत्याकाण्डपछि अर्द्धमृत अवस्थामै दिपेन्द्र नेपालको १३ औं राजा बनाइएका थिए । उनको २१ जेठ, २०५८ सालमा २९ वर्षको उमेरमा मृत्यु भएको थियो ।

राप्रपाका नेता पशुपति शम्शेर राणाकी छोरी देवयानीसँग दिपेन्द्रको लामो प्रेमसम्बन्ध रहेको थियो । तर, उनकी आमा पूर्वरानी ऐश्वर्या राज्यलक्ष्मी शाह यो प्रेमविरुद्ध थिइन् । यही विषयमा आमासँग भएको मनमुटावले ठूलो रुप लिँदा दिपेन्द्रले आफ्नो वंश नाश गर्न पुगेको बताइन्छ । नेपालको इतिहासलाई नै नयाँ मोड दिने यो प्रेमकथाका भित्री पाटाहरु सार्वजनिक भएका छैनन् । तर, एक फिल्म निर्माता यो प्रेमकथामाथि फिल्म बनाउन तम्सिएका छन् ।

राजदरबारका पूर्वसचिव विवेकुमार शाहले लेखेको किताब ‘मैले देखेको दरबार’ मा आधारित रहेर फिल्म ‘दिपेन्द्र सरकार’ निर्माण गरिने बुधबार एक पत्रकार सम्मेलनमा घोषणा गरियो । यद्यपि उक्त पुस्तक दिपेन्द्र-देवयानी प्रेमकथाको गहिराइमा पुगेको छैन । आशुषेन फिल्मस्को ब्यानरमा ‘दीपेन्द्र सरकार’ बन्ने भएको हो । निर्माता सन्तोष सेनले यो चलचित्रको बजेट ५ करोड ५० लाख रहने बताए ।

फिल्मका लागि ‘मैले देखेको दरबार’ को प्रतिलिपि अधिकार किनिसकेको उनले जानकारी दिए । यो चलचित्रको प्रदर्शन मिति वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो ।

नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने भनिएको यो चलचित्रका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ । ‘दीपेन्द्र सरकार’ का नायक प्रदिप खड्का पत्रकार सम्मेलनमा राजाको भेषमा पुगेका थिए । उनले दिपेन्द्रको चरित्रमा ढल्नका लागि लागि आफू मोटाउने बताएका छन् । महोत्सवका लागि डेढ घन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टाको चलचित्र बनाइनेछ ।

ऐतिहासिक घटनाक्रममाथि चलचित्र बनाउनु आफैंमा जोखिमको काम हो । त्यसमाथि खासै तथ्यहरु बाहिर नआएको र अत्यन्त संवेदनशील यस विषयमा फिल्म बनाउँदा निर्माणपक्षले निकै सतर्कता अपनाउनुपर्ने छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000