फेरि निर्वाचन सार्ने तयारी

काठमाडौं, जेठ १७। स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने भएको छ । यसअघि ३१ जेठका लागि तोकिएको निर्वाचन सरकारले सोमबार मात्रै ९ असारमा सार्ने निर्णय गरेको थियो । तर, त्यस दिन मुस्लिम समुदायको पर्व रमजान परेकाले थप पाँच दिन पछाडि सार्ने तयारी गरकारले गरेको छ ।

स्रोतका अनुसार, निर्वाचनको नयाँ मिति १४ असारका लागि तोकिनेछ । आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ मिति तोक्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिलाई सँगै राखेर प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ र्मैनालीसँग छलफल गरेका थिए ।

सरकारले ९ असारका लागि तोकेको दोस्रो चरणको निर्वाचन मिति सार्नुपर्ने आवश्यकता देखिएको भन्दै आयोग पदाधिकारीसँग राय मागेका थिए । आयोगले यसमा ग्रिन सिंग्नले दिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000