जहाज दुर्घटनामा महासेनानी गुरुङको मृत्यु, दुई घाइते

बाजुरा, जेठ १६—नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा जहाज चालक महासेनानि क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। सहचालक मेजर अनिता अाले र सुवेदार पूर्ण खड्का घाइते छन्।

घाइतेहरुलाई सीता एयरको विमानबाट उपचारका निम्ति नेपालगञ्ज पठाइएको बाजुराका प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए। दुर्घटनामा ज्यान गुमाएका महासेनानी गुरुङको शवलाई पनि नेपालगञ्ज लगिएको छ।

एन ए ४८ नम्बरको कल साइन भएको सो बिमान कार्गो बोकेर नेपालगञ्जदेखि हुम्लाको सिमिकोटका लागि उडेको थियो। त्यहाँ मौसम खराबीले अवतरण गर्न नसकेपछि चालकले विमानलाई कोल्टीतर्फ डाइभर्ट गरेका थिए। अवतरणका क्रममा विमानस्थल नजिकै ठोक्किएर पल्टिएको थियो।

जहाज धावन मार्ग पश्चिम पट्टिको डिलमा ठोक्किएर दुर्घटनामा परेको हो। जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो। दुर्घटनापछि पाइलट बसेको ठाउँमा अागलागी भएको थियो। सेना तथा प्रहरीले तत्कालै उद्धार गरी उनीहरुलाँई विमानबाट बाहिर निकालेका थिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000