पत्रकार महाधिवेशन असार २२ र २३ मा

काठमाडौं, जेठ १०- नेपाल पत्रकार महासंघको महाधिवेशन आगामी असार २२ र २३ मा काठमाडौंमा हुने भएको छ । महासंघको १३ औं पूर्ण बैठकले ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ मूल नारासहित २५ औं महाधिवेशन मिति तय गरेको हो ।

यसअघि १२औं बैठकले स्थानीय निकायको पहिलो चरणको निर्वाचनपछि महाधिवेशन जेठ २० गतेका लागि तय गरे पनि दोस्रो चरणको निर्वाचनलाई ध्यान दिएर नयाँ मिति तय गरिएको महासचिव उजिर मगरले विज्ञप्तिमार्फत जनाएका छन् । अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले निर्वाचन भइसकेका शाखा तथा एसोसिएट संस्थाहरूको अधिवेशनको समीक्षा गर्नुका साथै बाँकी चार जिल्ला शाखालाई तत्काल अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

बैठकले यस अवधिमा पत्रकारिता गरेकै कारण गिरफ्तार गरिएका पत्रकारलाई तत्काल रिहा गर्न पनि माग गरेको छ । महासंघले निर्वाचनकै क्रममा विभिन्न पक्षबाट पत्रकारलाई धम्क्याउने, दुव्र्यवहार गर्ने तथा सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेका विषयलाई गम्भीरतापूर्वक लिँदै यस्ता क्रियाकलापलाई नियन्त्रण एवं दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बद्ध सबैमा अपिल पनि गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000