दुई सातामा देउवा प्रधानमन्त्री, यस्तो छ अबको प्रक्रिया

काठमाडौं जेठ ९ । कांग्रेस–माओवादीबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिँदै छन् । त्यस्तो अवस्थामा एमालेले पनि प्रधानमन्त्री उम्मेदवार अघि सार्नेछ । त्यसो हुँदा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न दुई हप्ता लाग्नेछ ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएसँगै उनको सरकार कामचलाउ सरकारमा परिणत हुनेछ । त्यसपछि देश नयाँ सरकार निर्माणको प्रक्रियामा जानेछ ।

नयाँ सरकार दुई प्रक्रियामा बन्नेछ । सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि आह्वान गर्नेछिन् । राष्ट्रपतिले दुई साताको समय दिएर सहमतिको सरकार निर्माणको मौका दिनेछिन् ।

सहमतिका आधारमा सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतीय सरकार गठनको दोस्रो विकलप प्रयोग गर्नेछिन् । सहमतीय सरकार गठनका लागि दिएको समयावधिमा कसैले पनि सरकार गठन गर्न नसकेमा राष्ट्रपतिले संसद्मा पत्र पठाउँदै बहुमतीय सरकार गठन गर्न पत्र लेख्नेछिन् । त्यसपछि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000