यी हुन् प्रचण्ड सरकारले गरेका महत्त्वपूर्ण काम

काठमाडौं, जेठ ९ । गत साउनमा प्रधानमन्त्री भएपछि प्रचण्डले सुरुमै भारत र चीनसँग सन्तुलित सम्बन्धमा जोड दिँदै विशेष दूत खटाउने निर्णय गरे । जसअनुसार प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण गरे । भारतसँग विगतमा बिग्रिएको सम्बन्ध प्रचण्डको कार्यकालमा सुमधुर भयो । सरकारले भारतसँग नेपालका समस्या र एजेन्डा प्रष्टसँग भनेको छ ।

प्रचण्ड सरकारकै पालामा वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर भयो । चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयनमा सरकारले प्रतिबद्धता जनायो ।

संविधान संशोधन हुन सकेन । तर, मधेसकेन्द्रित दलहरुको माग सम्बोधन गर्न सरकारले दुईपटक व्यवस्थापिका संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्यो ।

प्रचण्ड सरकारकै पालामा स्थानीय निकायको पुनर्संरचना भएर त्यहीअनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । २० वर्षसम्म हुन नसकेको स्थानीय निर्वाचनको पहिलो चरण प्रचण्ड नेतृत्वको सरकारले सम्पन्न गरेको छ ।

बहुचर्चित काठमाडौं –निजगढ द्रूतमार्ग (फास्ट ट्याक) निर्माण नेपाली सेनालाई जिम्मा दिने निर्णय प्रचण्डको अर्को महत्त्वपूर्ण काम हो ।

प्रचण्ड सरकारको पालामा उज्यालो नेपाल अभियानअन्तर्गत मुलुक लोडसेडिङमुक्त भयो । यसबीचमा भारतबाट बिजुली उल्लेख्य आयात भयो । विगतमा रोकिएको हुलाकी मार्ग निर्माणले यसबीचमा गति लिएको छ ।

प्रचण्ड सरकारको पालामा २४ वर्षयताकै उच्च आर्थिक वृद्धिदर भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000