दोस्रो चरणमा इजरायल जानेको नामावली सार्वजनिक

काठमाडौं, जेठ ८ ।  दोस्रो चरणमा केयर गिभरमा इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएका ६० जनाको नाम प्रकाशित गरेको छ । अब अन्तिम छनौटमा परेकाहरुको स्वास्थ्य परीक्षण हुनेछ । त्यसमा सफल हुनेहरुलाई तत्काल इजरायल पठाउन सुरु गरिने विभागले जनाएको छ । कामदार छनोट इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पीआईबीए) ले छनोट गर्ने गरेको छ ।

अन्तिम चरण्मा इजरायलले १८ जना पुरुष र ४२ जना महिलालाई केयर गिभरका रुपमा लैजाने भएको छ । अब अभिमूखीकरण तालिम पनि लिएर इजारयल पठाउने काम सुरु हुनेछ । पहिलो चरण्मा पनि इजरायलले ५९ जनालाई लगेको थियो । यो पटक इजरायलमा केयर गिभरका रुपमा जान १४ सय ७७ जनाले आवेदन दिएका थिए । कस्तो श्रम गन्तव्य हो इजरायल ? इजरायलको कोरिया जान नसक्ने अनि खाडी र मलेसिया जान नचाहाने नेपालीका लागि राम्रो गन्तव्य मानिएको छ । इजरायलले मागको ८० प्रशिशत महिला हुनुपर्ने शर्त राखेकाले नेपाली महिलाहरुका लागि यो निकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना छ । इजरायल जाने नेपालीले महिनाको १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् ।

तीन महिनाको केयर गिभरको तालिम लिएका वा नर्सिङ पढेकाहरुलाई इजरायल लैजान सकिने दुर्इ मुलुकबीचको एमओयूमा उल्लेख छ । यसैअनुसार दोस्रो चरणमा कामदार छनोट गरिएको हो । इजरायलमा विशेषगरी वृद्धवृद्धालाई स्याहार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लिने गरिएको छ । विभागले पहिलो चरणका लागि गरेको आवेदनमा ८१८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए । यसरी जाने कामदारले ५ वर्षसम्म इजरायलमा रोजगारी पाउनेछन् । इजरायल जानेले स्वास्थ्य परीक्षण, बीमा हवाई खर्चलगायत गरी लगभग ९५० डलरमात्रै तिर्नपर्छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000