स्थानीय तहमा अझै तीन निर्वाचन बाँकी, यी हुन् अब हुने निर्वाचन

काठमाडौं , जेठ ७ । ३१ वैशाखमा तीनवटा प्रदेशका २ सय ८३ वटा स्थानीय तह निर्वाचनबाट अधिकांश तहमा जनप्रतिनिधि निर्वाचित भए पनि ती तहले पूर्णता पाउन अझै तीन चरणको निर्वाचन प्रक्रिया पूरा गर्नुपर्नेछ ।

जनताले प्रत्यक्ष मत दिनु नपरे पनि स्थानीय तहलाई पूर्णता दिन दुईवटा निर्वाचन र तीनवटा चरणगत कार्य बाँकी छन् । निर्वाचन भएका तहमा गाउँ÷नगर सभाको लागि मात्र प्रतिनिधि चुनिएकाले अब ती तहमा कार्यपालिका र न्यायिक समिति निर्माणका लागि दुईवटा बेग्लाबेग्लै निर्वाचन गर्न बाँकी छन् ।

स्थानीय कार्यपालिका गठन गर्नका लागि महिला, दलित, अल्पसंख्यक प्रतिनिधिका लागि छुट्टै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन सम्बन्धित केन्द्रका निर्वाचन अधिकृत र कार्यालयले काम गर्नुपर्नेछ । बाँकी रहेका दुई निर्वाचन भने अप्रत्यक्ष मतदानबाट हुनेछ । गत ३१ वैशाखमा जनताले प्रत्यक्ष मतदान गरी निर्वाचित गरेका जनप्रतिनिधिले मतदान गरी अबको निर्वाचन सम्पन्न गरिने राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000