जलजलामा काँग्रेस र बिहादीमा एमालेको अग्रता

पर्वत, जेठ ३–पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसका यामबहादुर मल्लले निरन्तर अग्रता लिइरहेका छन् । हालसम्मको मतपरिणामअनुसार उनले दुई हजार नौ सय पाँच मत र एमालेका लालबहादुर अधिकारीले दुई हजार दुई सय १६ मत प्राप्त गरेका छन् ।
माओबादी केन्द्रका बाबुराम शर्माले एक हजार पाँच सय ६३ मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सिमा पुनले दुई हजार आठ सय ९३ र एमालेका अनिता शर्माले दुई हजार आठ सय एक मत प्राप्त गरेकी छन् । अब जलजला ३  को मत गणना हुन बाँकी रहेको छ ।
उता बिहादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कमल भुसालले अग्रता लिएको छन् । तीनदिनसम्म बिहादी–१,२,३ र ४ को मतगणनासम्म २४ मतले अघि रहेका नेपाली काँग्रेसका परबिन गुरुङ वडा नम्बर ५ को गणनामा एक सय ४२ मतान्तरले पछि परेका हुन ।
एमालेका भुसालले वडा नम्बर ६ को गणना हुन बाँकी रहदा दुई हजार १२ मत प्राप्त गरेका छन् । काँग्रेसका गुरुङले एक हजार आठ सय ७० मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेका डम्बर कुमारी गुरुङले एक हजार नौ सय ७१ र नेपाली काँग्रेसका बिष्णुकुमारी खड्काले एक हजार नौ सय ४६ मत प्राप्त गरेकी छन् । वडा अध्यक्षमा काँग्रेसले १, ३ र ४ जितेको छ । २ र ५ मा एमाले बिजयी भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000