श्रीमान विदेश हुँदा परपुरूषसँग सम्वन्ध ! यसरी गयो लक्ष्मीको ज्यान

काठमाडौं २७ वैशाख । कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् ।

लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए । तर, युवक राति नै एयरपोट जान्छु भन्दै हिँडे भने भोलिपल्ट विहान लक्ष्मी मृत अवस्थामा भेटिइन् ।

अनुसन्धानका क्रममा प्रहरीले मंगलबार सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका – ५ घर भएका ५१ वर्षका बद्रीप्रसाद तिमल्सिनालार्इ पक्राउ परेको छ ।

प्रहरीका अनुसार मृतक लक्ष्मीका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा मलेशिया गएका छन् । र, उनको बद्रीसँग करिब १८ महिना पहिला फोनमार्फत चिनजान भएको थियो, जतिबेला बद्री साउदीमा थिए ।

त्यसपछि उनीहरूको सम्वाद बाक्लिँदै गयो । घर परिवारका अन्य सदस्यहरुले थाहा नपाउन भनेर उनी प्राय गोठमा गएको बेलामा बद्रीसँग कुराकानी गर्थिन । बद्रीप्रसाद गत चैत २० गते नेपाल आए ।

लक्ष्मी र बद्रीविच दुई पटक काठमाडौंमै भेटघाट भएको र होटलमा गई बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबीच अर्थिक लेनदेन समेत थियो ।

पछिल्लो पटक उनीहरूबीच बैशाख २३ गते कोटेश्वरमा भेट भएको थियो । उनीहरू त्यही रात गेष्ट हाउसमा गए तर, लेनदेनको विषयमा विवाद भयो । त्यही क्रममा लक्ष्मीलाई सलको पासोले घाँटी कसेर हत्या गरे र, उनीसँग भएको सुनको सिक्री, औंठी टप लगातर लुटेर भागे । होटल सञ्चालकले शंका नगरोस् भनेर तीन जनालाई खाना अर्डर गरि आफू एयरपोर्ट जान्छु भनि हिंडेको थिए ।

हत्या गर्ने योजना पहिला नै भएका कारण गेष्ट हाउस नजिकैको किराना पसलबाट १० को प्लाष्टिकको डोरी समेत खरिद गरेर लगेको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000