चुनावको मुखमा पाइप बितरण गर्दै एमाले

पर्वत, बैशाख २६

कुश्मा–८ चुवामा गाउँतर्फ लग्दै गरेको अवस्थामा भेटिएको पाइपसहितको जीप ।

नेकपा एमालेले चुनावको मुखमा पाइप बितरण गर्न थालेको छ । पछिल्लो समयमा वडा वडामा काँग्रेसको माहौल बढेपछि मत प्रभावित पार्न पाइप बितरण गर्न थालेको हो । सदरमुकाम कुश्माबाट चुवाको बिबिराबोटतर्फ गाडीमा लग्दै गरेको अवस्थामा प्रहरीले मंगलबार पाइप नियन्त्रणमा लिएको छ ।
चुनावको मुखमा उम्मेदवारले मत प्रभावित पार्नका लागि लगेको भन्दै सुचनाको आधारमा प्रहरीले ग१ज २५७८ नम्बरको बोलेरो जीपसहित पाइप नियन्त्रणमा लिएको हो । ‘चुनावलाई लक्षित गरेर एमालेले बितरण गरेको पाइप भएको ठम्याइसहित प्रहरीलाई खबर गरेका थियौ’ कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका अर्जुन क्षेत्रीले भने ।
कुश्मा–८ का राजु सुबेदीले आफ्नो घर प्रयोजनका लागि पाइप कुश्माबाट ल्याएको दाबी गरे । उनले आफ्नो घरमा ल्याउने योजनाको प्रयोजनका लागि दाबी गरेपनि उनको घरमा पहिले नै पानीको धारा आइपुगेको छ । उनले पाँच सय मिटर पाइप ल्याएको बताएपनि जीपमा २० एमएमको पाँच क्वाइल पाइप भेटिएको छ । २० एमएमको पाइपमा प्रति क्वाइल तीन सय मिटर हुन्छ । त्यसले पनि सुवेदीले हतारमा बोलेको पाइएको छ ।
सुवेदीले कुश्माको बिशाल हार्डवयरबाट किनेर ल्याएको बताएपनि उनीसँग खरिद बिल देखाउन मानेनन् । अन्त्यमा प्रहरीले जीपसहित पाइप जिल्ला प्रहरी कार्यालयमा लगेपछि हतार–हतार बडागाउँस्थित बिशाल हार्डवयरमा पुगेर पाँच सय मिटर पाइपको बिल बनाएका थिए । पछि सुवेदीले पाँच सय मिटर पाइपको बिल प्रहरीमा बुझाएपछि छाडिएको थियो । जीपमा एक हजार पाँच सय मिटर पाइप रहेपनि पाँच सय मिटरको बिल ल्याएर प्रहरीले छाडेपछि घटना थप रहस्यमय भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालले जीपमा पाइप लग्दै गरेको अवस्थामा एमाले र काँग्रेस पक्षबिच बिवाद भएपछि नियन्त्रणमा लिएर कागजात ल्याएपछि कसैलाई बितरण नगर्ने सर्तमा छाडिएको बताए । सुबेदीले एमालेका उम्मेदवारबाट पाइप गाउँमा बितरणका लागि लैजादै गर्दा आफुहरुले प्रहरीलाई उजुरी गरेको कुश्मा–८ का वडा अध्यक्षका उम्मेदवार राजकुमार क्षेत्रीले बताए । पाइप गाउँतर्फ लैजाने राजु सुवेदी हालै एमालेमा प्रवेश गरेका हुन । उनलाई नेकपा एमालेले गाउँमा मत प्रभावित पार्नका लागि बितरण गर्नका लागि पाइप दिएको स्रोतले बताएको छ ।

उता स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समिति पर्वतका संयोजक बिष्णु खरेलले आचारसंहिताबिपरित मतदातालाई प्रभावित पार्ने काम भएमा कारबाही हुने जानकारी दिए । निर्वाचन नजिकिदै गर्दा आचारसंहिता बिपरितका गतिविधि बढ्न थालेको छ । दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताबिपरित बाइक ¥याली, बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्मबाहेकको समयमा माइकिङ गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000