कुनै घटना भए ५ मिनेटभित्रै प्रहरी घटनास्थलमा

पोखरा २६ बैशाख । पश्चिमाञ्चलका सबै जिल्लामा चुनावी सुरक्षा तयारी पूरा भएको क्षेत्रीय प्रशासन कार्यालय पोखराले जनाएको छ । चुनाव हुनुपूर्व, चुनावको समय र चुनावपछिको अवस्थालाई समेत मध्यनजर गरेर सुरक्षा प्रवन्ध मिलाइएको छ । क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले भनिन्, ‘निर्वाचनको समयमा कुनै घटना भएको पाँच मिनेटभित्रै प्रहरी घटनास्थलमा पुगेर सुरक्षा दिने ब्यवस्था मिलाएका छौं ।’

कुनै घटना भएमा सधैंझैं प्रहरीको कन्ट्रोल रुम १०० र क्षेत्रीय प्रहरीको १११३ नम्बरमा फोन गरेमा पाँच मिनेटभित्रै सुरक्षा ब्यवस्था मिलाउने ब्यवस्था मिलाइएको उनको भनाई छ । पश्चिमाञ्चल क्षेत्रमा ५ सय ५५ अतिसंवेदनशील, ७ सय ३१ वटा संवेदनशील र ८ सय ७० वटा सामान्य क्षेत्र निर्धारण गरी सुरक्षा प्रवन्ध मिलाइएको छ । सामान्य क्षेत्रमा १५ देखि २५ जना र संवेदनशील क्षेत्रमा ६० जना र अति संवेदनशील क्षेत्रमा ६० देखि ७५ जनासम्म सुरक्षाकर्मी खटाउने तयारी गरिएको छ ।

मतदानस्थलको सुरक्षा संवेदनशीलता हेरेर प्रहरी निरीक्षक वा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटाइने जनपथ प्रहरीका प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनीले बताए ।

पश्चिमाञ्चल क्षेत्रमा निर्वाचन सुरक्षार्थ प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग, नेपाली सेना र जनपद प्रहरीलाई खटाउन शुरु गरिएको छ ।

पश्चिमाञ्चलमा चुनावी थ्रेट खासै नभएपनि चुनावमा भाग नलिएका दलहरु सुरक्षा थ्रेटको रुपमा देखापर्न सुरक्षा निकायका अधिकारीहरु बताउँछन् ।

विप्लव माओवादीतर्फ संकेत गर्दै क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले भनिन्, ‘सुरक्षा थ्रेट निस्तेज पार्न उनीहरुको निगरानी र नियन्त्रण दुबै काम भइरहेको छ ।’

यस बिचमा चुनावमा अवरोध पुर्‍याउन खोज्ने १६ जनालाई कार्वाही गरिसकिएको र तिमध्ये अधिकांश विप्लव माओवादी निकट कार्यकर्ता रहेको उनले जानकारी दिइन् ।

पश्चिमाञ्चलमा १४६ स्थानीय तह छन् । तिमध्ये पहिलो चरणमा प्रदेश नम्बर ४ मा पर्ने ८५ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

पश्चिमाञ्चलमा पहिलो चरणको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा यहि बैशाख ३१ गते निर्वाचन हुनेछ । पहिलो चरणको चुनावका लागि २ हजार १ सय ५७ मतदान स्थल तोकिएको छ ।

१४ लाख १३ हजार ३ सय २२ मतदाता रहेको यस क्षेत्रमा १२ हजार ६ सय २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । १३ हजार १० जनाले सुरुमा उम्मेद्वारी दर्ता गरेपनि ४ सय ८४ जनाले उम्मेद्वारी फिर्ता लिएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000