संघीय गठवन्धनले आन्दोलन घोषणा गर्ने

काठमाडौं २६ बैशाख । पूर्वसहमति अनुसार संविधान संशोधन लगायतका मागहरु पुरा नभएको भन्दै संघीय गठबन्धनले आन्दोलन घोषणा गर्ने भएको छ । आन्दोलन घोषणा गर्नु पूर्व गठवन्धनका नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी एमालेलाई पनि बैठकमा बोलाएर संशोधनका लागि सरकारले पहल गरिरको बताए ।

उनले बैशाख १७ गते नै संशोधनको पक्षमा ४०१ सांसद पुगेपनि अन्तिममा राप्रपाका १० सांसद अनुपस्थित भएपछि पास हुन नसकेको सुनाए । संसदको बैठक जेठ ४ गते रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले संघीय गठवन्धनका नेताहरुलाई उक्त बैठकमा संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए ।

तर, बैठकमा उपस्थित एमाले नेताहरुले संशोधनमा आफूहरुको समर्थन नरहने प्रष्ट पारे ।

बैठकमा संघीय गठवन्धनका नेताहरुले भने आफूहरुसँग भएको समझदारी अनुसार काम नभएको भन्दै अब दबावमुलक आन्दोलन घोषणा हुने जानकारी गराए ।

राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले मिठो बोली धेरै सुनेको भन्दै अब परिणाम चाहिने बताए । रापजा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मिठो बोली त नौ महिना सुन्यौं । तर, परिणाम आउनुपर्‍यो ।’

बालुवाटारमा बैठकमा सहमति नजुटेपछि आजै आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिए । यादवले भने-‘प्रधानमन्त्री प्रचण्डले चुनावअघि नै संविधान संशोधन गर्छु भन्नुभएको थियो, स्थानीय तहको संख्या पनि बढाउँछु भन्नुभएको थियो, यो केही पनि पूरा नभएकाले हामी आन्दोलनमा जान बाध्य भएका हौं ।’

संघीय गठबन्धनले आजै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने यादवले जानकारी दिए । उनले भने, ‘आजै संघर्षको कार्यक्रम सार्वजनिक हुन्छ ।’

एमाले नेताको प्रश्न- हामीलाई किन सहभागी गराइएन

बालुवाटारमा आयोजित बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतम र संसदयीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीसँग गुनासो गर्दै मधेसी मोर्चासँगको बैठकमा प्रमुख प्रतिपक्षी दललाई सहभागी नगराको बताए ।

नेम्वाङले आफूहरु पनि सहमतिको बाधक नभएको तर सरकारले मोर्चासँग एक्लै बैठक राखेर एमालेले मानेन भन्ने गरेको नेम्वाङले बैठकमा बताए । उपध्यक्ष बाामदेव गौतम भने बैठकमा खासै बोलेनन् ।

बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवाले सबै मिलेर संविधान संशोधन गर्न तयार रहेको बताएका थिए ।

चुनाव अगावै संविधान संशोधन हुन्छ भनेर किन नगरेको भन्दै मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000