१ जेठबाट मतगणना गर्ने आयोगको तयारी, एमाले असहमत

काठमाडौं २६ वैशाख । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतमेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ ।

दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐनमा तत्काल मनगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए ।उनका अनुसार मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि कार्यतालिकमा प्रकाशित गरी गणना सुरु गर्ने गरी काम भइारहेको छ ।

जेठ १ बाट मतगणना गर्ने विषयमा अन्य दल सहमत भए पनि एमालेले भने अमान्य हुने जनाएको छ । मतदान सकिएलगत्तैको गणनाले निष्पक्षतामाथि प्रश्न उठ्ने एमालेको तर्क छ । आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000