प्रधानन्यायाधीश कार्कीले अदालत पुगेर के गरिन् ?

काठमाडौं  वैशाख २५। महाभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालतमा फर्किइन् । तर, उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा बिहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९ बजेर २७ मिनेटमा हाजिर गरिन् । हाजिर गरेसँगै उनले नौवटा इजलास तोकेर मुद्दा बाँडफाड गरिन् । न्यायाधीशहरुका लागि एकल र संयुक्त गरी नौवटा इजलास ताकेर उनी आफू भने कार्यकक्षमा फाइल हेरेर समय बिताइन् ।

सर्वोच्चमा सधैं चमक देखिने उनको अनुहार आइतबार अलि उदास थियो । अपराह्न ३ः४० मा उनी सर्वोच्चबाट बाहिरिइन् ।

संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश कार्की निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश गोपाल पराजुली कामु प्रधानन्यायाधीश तोकिएका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000